फेलोसिपमा अध्ययन गर्न जाने डाक्टर, स्वास्थ्य कर्मीले चिकित्सा शिक्षा आयोगबाट आवश्यकता को पत्र लिनु पर्ने


काठमाडौं– स्वास्थ्य मन्त्रालयले अब उपरान्त चिकित्सा शिक्षा आयोग वाट संयुक्त राज्य अमेरिका लगायतका विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने नेपाली चिकित्सक , स्वास्थ्यकर्मी हरुको आवश्यकता को पत्र जारी गर्ने सम्पूर्ण प्रकृया हुने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यकता को पत्र (स्टेटमेन्ट अफ निड ) सम्बन्ध मा सूचना जारी गर्दै आवश्यकता को पत्र प्रदान गर्ने प्रकृयालाई थप व्यवस्थित एक द्वार गराउनको लागि उक्त पत्र जारी गर्ने सम्पूर्ण प्रकृया चिकित्सा शिक्षा आयोग वाट हुने मन्त्री स्तरीय निर्णय भएको उल्लेख गरेको छ ।

मन्त्रालयले अव आवश्यकता को पत्र आयोगबाट जारी हुने व्यवस्था गर्न गराउन सम्बन्धित सरोकार बालाको लागि सूचना जारी गरिएको जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!