स्वास्थ्य मन्त्री को चेतावनी: कुल क्षमताको दश प्रतिशत शय्या निःशुल्क नगरे अस्पताल लाई कारबाही


काठमाडौं– स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले विपन्नका लागि दश प्रतिशत शय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गरिने चेतावनी दिएका छन् । राजधानीमा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले उक्त चेतावनी दिएका हुन ।

स्वास्थ्य मन्त्री ले विपन्न र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी दिँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नु पर्ने बताए ।

अस्पतालहरूले विपन्न लाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने जनाउँदै मन्त्री बस्नेतले भने–,‘ कुल शय्या क्षमताको १० प्रतिशत शय्यामा विपन्नलाई निःशुल्क उपचार गरिएको छ वा छैन हामी अनुगमन गर्छौ र नगर्ने हरू देखिए कारबाही समेत गर्छौ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!