थप दुई गरी पोखरामा हाल सम्म ८ जनाको मिर्गौला प्रत्यारोपण


पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा आइतबार थप दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा हाल सम्म पोखरामा आठ जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

मृगौला प्रत्यारोपण मा राष्ट्रिय प्रत्यारोपण केन्द्र को तर्फ वाट कार्यकारी निर्देशक एवं मृगौला र कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ, डा दिपेश श्रेष्ठ, डा हरि प्रसाद बराल र ओटी नर्स अनिता घजु सहभागी थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा.अनुप चापागाई, एनेस्थेसियोलोजिष्ट डा रोहीनी सिग्देल, डा. माया लामा र नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत केसी, ओटी इन्चार्ज कविता पौडेल सहितको टोली संलग्न रहेका थिए ।

तनहुँ व्यासका २५ वर्षीया पुनम थापा मगरको आइतबार मिर्गौला प्रत्यारोपण गरिएको हो । थापा मगरलाइ ४९ वर्षीय बुवा राजु थापा मगरले मिर्गौला दान गरेका हुन । यस्तै पर्वत मोदी ४ का २७ वर्षीय गम बहादुर मगरको समेत आइतबार मिर्गौला प्रत्यारोपण गरिएको हो । उन लाई ५२ वर्षीय बुवा हेमन्त पुनले मिर्गौला दान गरेका छन । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पोखरा को मिर्गौला प्रत्यारोपण कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा का प्रमुख डा.भरत खत्री ले महत्वपूर्ण भूमिका खेलेको औँल्याउदै डा.पुकार चन्द्र श्रेष्ठले भने–‘स्वास्थ्य मन्त्रालयका सचिव द्वय डा.रोशन पोखरेल र देव कुमारी गुरुङ्ग ले देश भर प्रत्यारोपण विस्तार गर्न सघाउनु भएको छ ।’

हाल पोखरामा मृगौला प्रत्यारोपणले तीव्रता लिएको जनाउदै डा.श्रेष्ठले प्रादेशिक अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवाको सुरुवात भइसकेको बताए । यस्तै सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर गरी सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइ रहेको समेत उनले जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!