लाइसेन्स परीक्षामा ६० प्रतिशत डाक्टर र ७० प्रतिशत दन्त चिकित्सक फेल


काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले लिएको लाइसेन्स परीक्षामा ६० प्रतिशत एमबिबिएस गरेका डाक्टर र ७० प्रतिशत बिडिएस गरेका दन्त चिकित्सक फेल भएका छन् ।

मेडिकल काउन्सिलले आइतवार जारी गरेको जानकारी अनुसार जेठ १७ गते देखी जेठ १९ गते सम्म सञ्चालन गरेको ६६ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा मा मेडिकल तर्फ १ हजार ३ सय ७८ एमबिबिएस गरेका डाक्टर सहभागी भएको मा ५ सय ५८ जना अर्थात् ५९.५१ प्रतिशत फेल भएका हुन । यस्तै डेन्टल तर्फ मेडिकल काउन्सिलको अनुसार ३ सय ३१ जना बिडिएस गरेका सहभागी भएको मा ९८ जना अर्थात् ७०.३९ प्रतिशत दन्त चिकित्सक फेल भएका छन् ।

६६ औ चिकित्सक दर्ता प्रमाण पत्र परीक्षामा मेडिकल र डेन्टल गरी समग्रमा १ हजार ७ सय ९ जना चिकित्सक परीक्षा दिएको मा ६१.६१ प्रतिशत चिकित्सकहरू फेल भएका छन् । यस अघि ६५ औ चिकित्सक दर्ता प्रमाण पत्र परीक्षामा मेडिकल र डेन्टल गरी समग्रमा ५२.८ प्रतिशत फेल भएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!