‘लू’ अर्थात् तीव्र गर्मी, ज्यान जोखिममा पार्न सक्छ

‘लू’ वाट बाच्न सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध


काठमाडौं–मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन तराइको धेरै जसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने र आगामी पाँच दिन सम्म तातो हावा तथा लू (हिट वेभ) लाग्न सक्ने सम्भावना रहेको चेतावनी दिएको छ ।

विगत केही दिन देखी मुलुकको अधिकांश भू भागमा तापक्रममाबृद्घिभएको छ । मध्य तराइ र छेउ छाउमा अधिकतम तापक्रम ४० डिग्रीसेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

महाशाखा ले तातो हावा तथा लू लाग्न वाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ । पहाडी भू भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गर्मी याममा लू , तातो हावा ले मधेश र विशेष गरी छिमेकी मुलुक भारतमा मृत्यु हुने गरेको समाचार हामीले सुन्दै आएका छौं ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का पूर्व निर्देशक डा.जिडी ठाकुर को अनुसार शरीरले गर्मी र तापक्रमको परिवर्तनलाई सहन सक्छ । यो गर्मी सहने प्रक्रियामा शरीरबाट पसिना निस्कनु सबै भन्दा महत्वपूर्ण हुन्छ । पसिना ले गर्दा शरीरको ताप वातावरणमा निस्कन्छ । सँगै पसिनाको माध्यमले पानी र नुन पनि निस्किन्छ जसको आपूर्ति गर्न आवश्यक हुन्छ । यदि यो भएन भने गर्मीमा थकाइ महसुस हुन्छ ।
डा.ठाकुरको अनुसार मनुष्यमा पसिना निकाल्ने प्रकृया र शरीरमा नुन र पानी को कमी पुरा गर्दै रहनाले गर्मी लाई सहन सकिन्छ । लू लाग्दा तीव्र ज्वरो , मस्तिष्कमा असर र पसिना नहुनु मुख्य रूपले देखिन्छ । लू लाग्दा मस्तिष्क समेत प्रभावित हुन सक्ने भएकोले बिरामी बेहोस समेत हुन सक्छ भने बोल्दा लर्बराउन सक्छ । यसैले लू लागेको व्यक्ति लाई सबै भन्दा पहिला छहारी मा ल्याउनु पर्छ । उ चेत अवस्थामा छ भने ओरल रिहाइड्रेसनसल्ट(जीवनजल)वा नुन चिनी मिसाइएको पानी खुवाउनु पर्ने डा. ठाकुर बताउँछन् । भित्री वस्त्र बाहेक अन्य खोलेर शरीरमा हलुको पानी छम्कनु ले पनि फायदा पुग्छ । अर्थात् बिरामीको शरीरका तापक्रम कम गर्ने प्रयास गर्नु पर्छ । यसको लागि कपडा लाई गिलो गरेर समेत बिरामी लाई यसले बेर्न सकिन्छ ।

लू लाग्नाले शरीरको तापक्रम नियन्त्रण केन्द्र मा असर हुन्छ र कहिले कही मृत्यु समेत हुन सक्छ । यदि बिरामीको अवस्था जटिल देखिएको छ, उ बेहोस हुने अवस्थामा छ भने जिउ चिसो पार्दै छिट्टै नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु पर्छ । स्वास्थ्य संस्थामा बिरामी लाई सलाइन चढाइनु लगायतका अन्य चिकित्सा प्रकृया सुचारु गरिने डा.ठाकुर बताउँछन् ।

तातो हावा र लू वाट हुने सम्भावित असर

  • थकाइ लाग्ने
  • कमजोरी हुने
  • बढी तिर्खा लाग्ने,
  • टाउको दुख्ने
  • खुट्टा बाउँडिने
  • चक्कर आउने
  • बेहोस हुने
  • मांसपेशीहरू दुख्ने
  • वान्ता आदि

यसबाट बाच्ने उपाय

  • तातो हावा र लु वाट बच्न बढी गर्मी भएको समय घर भित्र अर्थात् चिसो ठाउँ मा रहने बाहिरी वातावरण मा नजाने, घाममा बढी एक्सपोज नहुने
  • हरेक आधा घन्टामा २००–३०० मिलि लिटर पानी खाने, दिन भरमा आफ्नो अनुकूल भए सम्म ५–६ लिटर पानी खान सकिन्छ, आफू सँग सधैँ पानीको बोतल राख्नु पर्छ
  • हल्का लुगा लगाउने , सुती कपडा लगाउने , बाहिर निस्किँदा टाउको छोप्ने , टोपी लगाउने
  • सानो बच्चा र ६५ वर्ष माथिका हरूलाई छाहारी मै राख्नु पर्छ
  • मदिरा वा मस्तिष्क लाई प्रभावित गर्ने औषधि लिनुहुँदैन
  • स्वास्थ्य समस्या भएमा स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मी सँग सुझाव लिने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!