स्वास्थ्य पत्रकार पदम राज जोशी लाई स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जन स्वास्थ्य पुरस्कार


काठमाडौं– वरिष्ठ स्वास्थ्य पत्रकार पदम राज जोशी स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार वाट सम्मानित भएका छन् । विश्व धुमपान रहित दिवस को अवसर मा बुधवार स्वास्थ्य मन्त्रालय द्वारा आयोजित विशेष समारोह मा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले हेल्थ टुडे का प्रधान सम्पादक जोशी लाई उक्त पुरस्कार प्रदान गरेका हुन ।

सुर्ती जन्य पदार्थको उत्पादन, बिक्री वितरण र उपयोग गर्ने कार्यलाई न्यूनिकरण , नियन्त्रण र नियमन गर्नको लागि निरन्तर समाचार प्रकाशन गरी पत्रकारिताको माध्यमले योगदान पुर्याएको मा जोशी लाई पुरस्कार अन्तर्गत ५० हजार रुपियाँ सहित प्रमाण पत्र प्रदान गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी पत्रकारहरू मध्ये सबै भन्दा बढी अङ्क ल्याएका जोशी को नाम पुरस्कार को लागि छनौट गरेको हो । दुईदशक देखि स्वास्थ्य पत्रकारितामा संलग्न जोशी आम सञ्चार र पत्रकारितामा एमफिल गरेकाहुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!