‘शाकाहारी आहार ले कोलेस्ट्रोल को स्तर कम गर्न सकिन्छ : युरोपेली हर्ट जर्नलमा प्रकाशित अध्ययन’


युरोपेली हर्ट जर्नलमा प्रकाशित एउटा नयाँ अध्ययन ले पत्ता लगाएको छ कि शाकाहारी र भीगन् आहारले कोलेस्ट्रोलको स्तर कम गर्न सक्छ । उक्त अध्ययनमा अनुसन्धान कर्ताहरूले सन् १९८२ देखि २०२२ सम्म विभिन्न देशका २ हजार ३ सय ७२ व्यक्तिमा यो स्टडी गरेका थिए ।

अन्वेषकहरूले निष्कर्ष निकाले कि शाकाहारी आहार र भीगन् डाइट को माध्यमले ‘टोटल कोलेस्ट्रोल’, एलडीएल कोलेस्ट्रोल र ‘एपोलिपोप्रोटिन बी’, लाई कम गर्न सकिन्छ ।

पछिल्लो समय कोलेस्ट्रोल एउटा गम्भीर समस्या बन्दै गएको छ । यो टाँसिने पदार्थ रक्त नलीहरूमा जम्मा हुन्छ र यसको स्तर बढ्दा तिनिहरूमा अवरोध (ब्लकेज) हुन सक्छ, जसले रक्त प्रवाहलाई सुस्त बनाउन सक्छ हर्ट एटैक , स्ट्रोक र मुटु सम्बन्धी रोगहरू निम्त्याउन सक्छ ।

कोलेस्ट्रोलका कारण हरेक वर्ष करिब १ करोड ८० लाख मानिसको मृत्यु हुन्छ । राम्रो कुरा के हो भने तपाई ले यो घातक समस्यालाई हटाउन शाकाहारी र भीगन् आहारहरू प्रयोग गर्न सक्नुहुन्छ ।

शाकाहारी खानाले कसरी कोलेस्ट्रोल कम हुन्छ ?

अनुसन्धान कर्ताहरूको अनुसार, बिरुवामा आधारित आहारमा एथेरोजेनिक लिपोप्रोटिन बाट एथेरोस्क्लेरोटिक बोझ लाई कम गर्ने क्षमता हुन्छ र यसरी मुटु रोगको जोखिम कम गर्छ । अन्वेषकहरूले टीसी , एलडीएल–सी , टीजी र एपीओबी ब्लड लेभल मा भेजिटेरियन (शाकाहारी) र भीगन् डाइटको प्रभाव पत्ता लगाए ।

१० प्रतिशत कम हुन सक्छ एलडीएल कोलेस्ट्रोल

अध्ययनको क्रममा, सहभागीहरू मा एलडीएल वा कम घनत्व भएको लिपोप्रोटिन , जसलाई खराब कोलस्ट्रोल भनिन्छ , को निगरानी गरियो । अध्ययन कर्ताहरूले के पाए भने बिरुवा आधारित (प्लान्ट वेस्ड) आहार लिने हरूमा एलडीएल को स्तर १० प्रतिशत सम्म कम भयो । यिनीहरूले  यो पनि पाए की टोटल (समग्र) कोलेस्ट्रोलमा ७ प्रतिशत कमी आयो ।

एपोलिपोप्रोटिन बी को स्तर पनि १४ प्रतिशत कम भयो

एपोलिपोप्रोटिन बी को उच्च स्तर मुटु रोगको जोखिम सँग जोडिएको छ । अनुसन्धान कर्ताहरूले एपोलिपोप्रोटिन बी को स्तर र बिरुवा आधारित आहार को बीच सम्बन्ध पाए । उनीहरूले के पाए भने यो आहारमा एपोलिपोप्रोटिन बी को स्तर १४ प्रतिशत कम भयो ।

कोलेस्ट्रोल कम गर्न के खाने?

यदि हामी बिरुवा आधारित खाने कुराको बारेमा कुरा गरौँ  भने, तपाई ले आफ्नो आहारमा पर्याप्त फाइबर (रेशा) युक्त खाने कुराहरू समावेश गर्नुपर्छ । फाइबरहरू पाचन तन्त्र मा कोलेस्ट्रोल लाई बाध्छ र रक्तसञ्चारमा प्रवेश गर्नु अघि नै तिनिहरूलाई शरीरबाट बाहिर निकाल्छ । यसको लागि तपाई ले आफ्नो आहारमा जौ (ओट्स), अनाज, सिमी, बैंगन, भिन्डी, नट, वनस्पति तेल, मौसमी फलफूल र सोया उत्पादनहरू समावेश गर्न सक्नु हुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!