कुन रक्त समूह (ब्लड ग्रुप) को व्यक्ति हुन्छन् तीक्ष्ण बुद्धि, जान्नुस् हरेक ब्लड ग्रुपको खास कुरो


उसको दिमाग तेज छ वा ऊ धेरै चलाख छ भनेर मानिसहरूले अक्सर भनिरहेको तपाईंले सुन्नु भएको होला । यसमा ब्लड ग्रुप अर्थात् रक्त समूह को ठूलो भूमिका हुन्छ । रगत समूह अनुसार शरीरको बनावट समेत फरक हुन्छ । हामी सबैलाई थाहा छ हाम्रो शरीरलाई ए, बी, एबी र ओ गरी चार रक्त समूहमा विभाजन गरिएको छ । यी रक्त समूहलाई पनि पोजेटिभ र नेगेटिभ गरी विभाजन गरिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको एक अनुसन्धानमा कुन ब्लड ग्रुप का मानिसहरूको दिमाग तेजिलो हुन्छ भन्ने कुरा बाहिर आएको छ । हो, रक्त समूह अनुसार शरीरको बनावट समेत फरक हुन्छ र यसको प्रभाव शरीरका अंगहरूमा पनि पर्छ । पहिले हामी रक्त समूह के हो बुझौं ।

रक्त समूह के हो?

रगत समूह मुख्य रूपमा एन्टिजेन्स र एन्टिबडीहरूमा निर्भर गर्दछ, जुन एक प्रकारको प्रोटिन अणुहरू हुन् । एन्टिबडीहरू प्लाज्मा मा हुन्छ र एन्टिजेन्सहरू रातो रक्त कोशिकाहरूको माथिल्लो सतहमा रहन्छन् । यी दुई मिलेर रगतको समूह निर्धारण गर्छन् ।

सबैभन्दा तेज दिमाग बी प्लस ब्लड ग्रुप का मानिसहरूको हुन्छ

युनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको यस अनुसन्धानमा के देखियो भने बी पोजेटिभ ब्लड ग्रुप का मानिसको मस्तिष्क अन्य समूहको तुलनामा तेज हुन्छ । ऊनीहरू मा सोच्ने र बुझ्ने क्षमता बढी हुन्छ । बी पोजेटिभ रक्त समूह भएकाहरूको मस्तिष्कमा पेरिटोनियल र टेम्पोरल लोब को सेरेब्रम बढी सक्रिय हुन्छ, जसका कारण उनीहरूको स्मरणशक्ति र मस्तिष्क दुवै तीक्ष्ण हुन्छ ।

ओ पोजेटिभ ग्रुप दोस्रो स्थानमा

बी पोजेटिभ ब्लड ग्रुप पछि ओ पोजेटिभ ब्लड ग्रुप दोस्रो नम्बरमा आउँछ । यस्ता मानिसहरूको पनि दिमाग धेरै तेज हुन्छ । उनीहरूको रक्तसञ्चार अन्य समूहको तुलनामा राम्रो हुन्छ जसले मस्तिष्कमा अक्सिजनको प्रवाह पनि राम्रो हुन्छ । ओ पोजिटिभ मानिसको मस्तिष्कमा सेरेब्रम बढी सक्रिय हुन्छ र यसै कारण उनीहरूको पनि स्मरणशक्ति राम्रो हुन्छ ।

अनुसन्धानले के भन्छ?

युनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको यस अनुसन्धानमा प्रत्येक समूहका ६९ जनालाई अध्ययन गरी उनीहरूको रगतको नमुनामा अनुसन्धान गरिएको थियो । यस अनुसन्धानमा प्रत्येक समूहका मानिसहरूको मस्तिष्कको बारेमा जानकारी सङ्कलन गरिएको थियो र यो पत्ता लाग्यो कि बी पोजेटिभ र ओ पोजेटिभ रगत समूह भएका मानिसहरू को मस्तिष्क अन्य समूहहरूको तुलनामा धेरै तेज हुन्छ ।

रक्त समूह र आनुवंशिक सम्बन्ध

बच्चाको रक्त समूह आमा बाबुको रक्त समूहमा निर्भर गर्दछ। बच्चाको रगत कुनै एक वा दुवैको रगत समूह मिलेर बन्न सक्छ । अर्थात् आमा बुवाको रगत समूह ए र बी भएमा बच्चाको रक्त समूह ए, बी वा एबी हुन सक्छ । त्यसैगरी रगत समूह ए र ओ भएमा बच्चा पनि ए र ओ रगत समूहको हुनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!