डब्लुएचओ को सासाकावा स्वास्थ्य पुरस्कार निक साईमन्स इन्स्टिच्युट लाई


काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस वर्ष को सासाकावा स्वास्थ्य पुरस्कार निक साईमन्स इन्स्टिच्युटलाई प्रदान गरेको छ । यो पुरस्कार वापत अमेरिकी डलर २० हजार नगद र ट्रफी डब्लुएचओ को मुख्यालय स्विट्जरल्याण्डको जेनेभामा भएको पुरस्कार वितरण समारोह मा प्रदान गरिएको हो ।

डब्लुएचओ ले प्रत्येक वर्ष विश्वमा रहेका मानिसहरूको स्वास्थ्य सुधार गर्न उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति वा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको छ ।

निक निक साईमन्स इन्स्टिच्युटलाई उक्त पुरस्कार स्वास्थ्य मन्त्रालयको सिफारिसमा प्रदान गरिएको हो । डब्लूएचओका अनुसार निक साईमन्स इन्स्टिच्युट सँगै उक्त सासाकावा स्वास्थ्य पुरस्कार पुरस्कार थाइल्याण्डका प्राध्यापक भिचाइ टिएन्थाभोर्न ले समेत पाएका हुन ।

सन् १९८४ मा जापान सिपबिल्डर्स एसोसिएसनका तत्कालीन अध्यक्ष रयोची सासाकावाको पहलमा यो पुरस्कार डब्लुएचओ का तत्कालीन महा निर्देशक हाफदान महलरसागको सहमतिमा स्थापना भएको हो ।

डब्लुएचओ का महानिर्देशकको अध्यक्षतामा रहेको सासाकावा स्वास्थ्य पुरस्कार चयन समितिद्वारा विजेताहरू चयन गरी कार्यकारी बोर्डद्वारा मतदान गरिन्छ ।

निक साइमन्स इन्स्टिच्युट ले १६ वर्षदेखि नेपालको ग्रामीण स्वास्थ्य सेवाको गुणस्तरलाई अभिवृद्धि गरी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका हरूले गुण स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!