के तपाईँ निद्रा मा बरबराउनु हुन्छ ? यसको कारण र उपचार


के तपाईँको पार्टनर राती सुतेको बेला, मस्त निदाएको समय बर्बराउँछन्, बोल्छन् ? तपाईँको निन्द्रा पार्टनरको निन्द्रा मा बरबराउने बानी ले टुटने गरेको छ ? यदी हो भने यो जान्नुस् की निन्द्रा मा सपना देख्दै कुरा गर्नु सामान्य नभएर एक प्रकारको पैरासोमनिया हो । जसको अर्थ हुन्छ सुतेको समय अस्वाभाविक व्यवहार गर्नु । उसो डाक्टर ले यो समस्या लाई बिमारी मान्दैनन् र यस लाई सामान्य श्रेणी मा समेत राख्दैनन् ।

निन्द्रा मा कुरा गर्ने हरूलाई यो कुराको अनुभूति हुँदैन र अर्को दिन उनीहरू लाई केही याद रहँदैन । निन्द्रा मा बरबराउने व्यक्ति एक समय ३० सेकेन्ड भन्दा बढी बोल्दैनन् र केही समय बोलेर चुप हुन्छन् ।

कुनै व्यक्तिलाई किन हुन्छ, निन्द्रामा बरबराउने बानी ?

एउटा अनुसन्धानको अनुसार करिब ३ वर्ष देखी १० वर्ष सम्मको आधा भन्दा बढी बच्चा हरू आफ्नो कुराकानीलाई निन्द्रामा पुरा गर्छन् । त्यही ५ प्रतिशत ठूलो व्यक्ति निन्द्रामा कुरा गर्छन् । यति मात्र नभइ अनुसन्धान अनुसार पुरुषको दाँजोमा महिलाहरू निन्द्रामा बढी बरबराउँछन् । निन्द्राको कमी, डिप्रेसन , तनाव , थकाइ अनुभव गर्नु , मदिरा वा कुनै औषधि को कारण , ज्वरोको कारण निन्द्रामा व्यक्ति बरबराउन सक्छ । यो बाहेक यदि कुनै व्यक्तिको परिवार मा निन्द्रा मा बोल्ने बानी छ भने पनि यो कारणले स्लिप डिजअर्डर को समस्या हुन सक्छ ।

निन्द्रामा बरबराउने समस्याको उपचार

तनाव

निन्द्रामा बरबराउने कारण पछाडि सबै भन्दा ठूलो कारण तनाव हुन सक्छ । यदि कुनै कुरा लाई लिएर व्यक्ति विशेष निरन्तर चिन्ता मा छ भने यो समस्या हुन सक्छ । यसबाट जोगिन मस्तिष्क लाई आराम दिनु पर्छ । समय निकाले घुमफिर गर्नु गर्नुपर्छ ।

आरईएम स्लिप बिहेभियर डिसअर्डर

सुतेको बेला चिच्याउनु, हात खुट्टा चलाउने बानी डिमेन्सिया अथवा पार्किन्सन जस्तो विमारी को लक्षण समेत हुन सक्छ । यो रोग लाई आरईएम स्लिप बिहेभियर डिसअर्डर भनिन्छ । आरईएम निन्द्रा को त्यो चरण हो जहाँ निन्द्राको समय वा सपना मा जे केही भई रहेको छ त्यसलाई व्यक्ति विशेष ले साँचो मान्न थाल्छ । आरईएम को बाहेक औषधि को रियाक्सन, तनाव, मानसिक स्वास्थ्य समस्या को कारण समेत व्यक्ति विशेष निन्द्रा मा बरबराउन थाल्छन् ।

समय मा सुत्नु

समयमा सुत्दा र उठ्दा निन्द्रा मा बरबराउने बानी वाट मुक्ति पाउन सकिन्छ । यसो गर्दा तपाइ को निन्द्रा पुरा हुन्छ । यो नबिर्सनुस् निन्द्रा पुरा न हुँदा समेत यो समस्या हुन्छ ।

व्यायाम

धेरै जसो समय शरीरमा रक्त सञ्चार सही प्रकार ले नहुने कारण ले समेत व्यक्ति निन्द्रा मा बरबराउन थाल्छन् । यस्तो मा यो समस्या वाट राहत पाउन र शरीर मा रक्त सञ्चार लाई नियमित राख्न योगा व्यायाम गर्नु पर्छ ।

साइकोथेरापिष्ट को सहयोग

यदि घरेलु उपायहरू अपनाए पनि राती निन्द्रामा बरबराउने समस्या कायम रहे राम्रो साइकोथेरोपिष्ट को सहयोग लिन सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!