वीर अस्पताल, पुरानो भवनको बरन्डाको पर्खाल भत्किदा ४ जना घाइते


काठमाडौँ — वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा घाइते भएका ४ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । वीरमा बिरामीको कुरूवा रहेका ३ जना महिला र एक पुरुष घाईते भएका हुन । सबै घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

वीर अस्पतालको मुख्य भवनको पछाडि पट्टि को सीटीभीएस विभाग रहेको बरन्डाको पर्खाल भत्किएको हो । उक्त बरन्डाको पर्खाल भत्किएर कुरूवा, आगन्तुकलाई ओत लाग्न र बस्न बनाइएको छाना माथि खसेको थियो । केही ईंटाका टुक्राहरुले छाना प्वाल परेर तल झरेर कुरूवाहरू घाइते भएका हुन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!