राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । शिक्षण अस्पताल को अनुसार राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा छन ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ,’ त्रिवि शिक्षण अस्पताल नियन्त्रण कक्षका डिउटी अफिसरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!