मामुली दुखाइमा पनि सिटामोल ? नोक्सान गर्ला है


विश्व भरीमा शरीर, टाउको दुखाइ, लगायतका शरीरको विभिन्न खण्डमा दुखाइ लगायतका समस्या मा तत्काल राहत पाउन धेरै जसो व्यक्ति पारासिटामोल, इबुप्रोफेन, कोडीन जस्तो औषधि चिकित्सा कर्मीको सल्लाह विना सेवन गर्छन् ।

बीएमजे मा प्रकाशित एउटा नयाँ अध्ययन अनुसार यस्तो औषधि को विरुद्ध चेतावनी दिइएको छ । १५ हजार भन्दा बढी व्यक्तिमा भएको यो अध्ययन ती व्यक्तिहरूको लागि चेतावनी दिने खालको छ जो आफैले औषधि पसल गएर पारासिटामोल लगायतका दुखाइ नाशक सेवन गर्छन् ।अध्ययनमा १५ हजार १ सय ३४ जना सहभागी थिए । अध्ययनमा ६९ फरक फरक औषधि वा अन्य संयोजनको प्रभाव देखिएको थियो ।

पहिले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) एनाटामिकल चिकित्सकीय सिस्टम ले गैर–स्टेराइड एंन्टी इन्फ्लेमेट्र्री ओषधि, पारा सिटामोल, ओपियोड, एंटीकोनवल्सेन्टस, एंटीड्र्रिप्रेसेन्टस, मांसपेशीमा आराम गर्ने कार्टिको स्टेराइड सामेल थियो ।
दुखाइमा आराम तर नोक्सान बढी
अनुसन्धान कर्ताहरूले के पाए भने एनाल्जेसिक ले दुखाइ लाई न्यूनतम रूपले कम गरे पनि यसको साइड इफेक्ट धेरै खतरनाक थियो । यस अन्तर्गत ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टम मा दुष्प्रभाव वाकवाकी, खाना नपच्नू, वान्ता र पखाला जस्तो लक्षण विरामी मा देखियो ।

तन्त्रीका तन्त्र सँग सम्बन्धित असुविधा हरू जस्तै थकाइ, चक्कर आउनु, टाउको दुखाइ जस्तो लक्षण समेत देखियो । अध्ययनमा मुख्य रूपमा यो देखियो की जुन व्यक्तिलाई पिठिउँ को तल्लो खण्डमा तीव्र दुखाइ थियो, तीनै व्यक्ति हरूमा तिनीहरुले नै यी मध्ये बढी ओषधि को सेवन गरेका थिए ।
कलेजो लाई समेत नोक्सान
एउटा समीक्षा अध्ययन मा के पाइयो भने पिठिउँ दुखाइ र पुरानो अस्टियोअर्थराएटिस को उपचारको लागि पारासिटामोल लीनाले लाइफस्टाइल मा सुधार आउँदैन ।

दुखाइ कम गर्नको लागि पारासिटामोलको प्रभाव त्यति असरकारी थिएन र त्यति महत्वपूर्ण पनि मानिएको थिएन । अनुसन्धान कर्ताहरूले चेतावनी दिएका छन् की यो औषधिको बढी सेवनले कलेजोमा नोक्सान जोखिम बढ्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!