नेपालको कुल जनसंख्याको २.२ प्रतिशत अपाङ्ग


काठमाडौं– नेपालको कुल जनसंख्या को २.२ प्रतिशत मा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ । पुरुष जनसंख्यामा २.५ प्रतिशत र महिला जनसंख्यामा २ प्रतिशत अपाङ्गता रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकमा ६ लाख ४७ हजार ७ सय ४४ जना मा अपाङ्गता देखिएको हो ।

मुलुकमा ३५ हजार १ सय ४२ जना पूर्ण दृष्टि विहीन छन् भने ४ हजार ९ सय ३७ जना हेमोफिलिया र ४ हजार ८ सय ८६ जना अटिज्मका शिकार छन् ।

अपाङ्गता देखिएका मध्ये शारीरिक अपाङ्गता ३७.१ प्रतिशत, न्यून दृष्टि युक्त, १७.१ प्रतिशत, बहु अपाङ्गता ८.९ प्रतिशत, सुस्त श्रवण ८ प्रतिशत, बहिरो पन ७.९ प्रतिशत, स्वर र बोलाइ ६.४ प्रतिशत, पुर्न दृष्टि विहीन ५.४ प्रतिशत, मानसिक वा मनोसामाजिक ४.३ प्रतिशत, बौद्धिक अपाङ्गता १.८ प्रतिशत, श्रवण दृष्टि विहीन १.६ प्रतिशत, हेमोफिलिया  ०.८ प्रतिशत र अटिज्म  ०.८ प्रतिशत देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!