मधेश प्रदेशमा सबै भन्दा बढी १२ प्रतिशत परिवार शौचालय विहीन, मुलुकमा अझै ४.५ प्रतिशत परिवार सँग शौचालय छैन

विश्व मा अझै १ अर्ब ७० करोड व्यक्ति शौचालय विहीन छन् । ती मध्ये ४९ करोड ४० लाख व्यक्ति अझै पनि खुला ठाउँ मा दिसा गर्छन् ।


काठमाडौं–नेपाल भरीमा अझै ४.५ प्रतिशत परिवार शौचालय विहीन छन् । प्रदेश गत रूपमा सबै भन्दा बढी मधेशमा १२ प्रतिशत परिवार सँग शौचालय छैन ।

राष्ट्रिय जनगणना २०७८ अनुसार देशका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवार मध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् । ४.५ प्रतिशत परिवार सँग अझै शौचालयको पहुँच नभएको तथ्याङ्क जनगणनाको परिणाम ले देखाएको छ ।

प्रदेश अनुसार मधेश प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिएको छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । यस्तै सुदूर पश्चिममा ४.४ प्रतिशत, कोशीमा ३.२ प्रतिशत, कर्णालीमा २.६ प्रतिशत, बागमतीमा १.२ प्रतिशत र गण्डकीमा १ प्रतिशत परिवार शौचालय नभएका छन् । एक दशक अघि भएको जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो ।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्व भरीमा १ अर्ब ७० करोड भन्दा बढी व्यक्तिलाई अझै पनि निजी शौचालय वा शौचालय जस्ता आधारभूत सरसफाइ सेवाहरू छैन । ती मध्ये ४९ करोड ४० लाख व्यक्ति अझै पनि खुला ठाउँ मा दिसा गर्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!