लक डाउन को प्रतिबन्ध ले बिग्रियो मानसिक स्वास्थ्य


हालै गरिएको एउटा अध्ययनको दाबी अनुसार जुन मुलुकमा कोरोना सँग जुध्न कडा प्रतिबन्ध लगाइएको थिएन ती देशका मानिसहरूको मानसिक स्वास्थ्य राम्रो रह्यो ।

यो रिपोर्ट ‘द लैन्सेट पब्लिक हेल्थ’, मा प्रकाशित भएको हो । यो अध्ययनलाई क्यानडा मा ‘  साइमन फ्रेजर युनिभर्सिटी ’ का अनुसन्धान कर्ता को नेतृत्वको एउटा टोली ले गरेका हुन ।

अध्ययन अनुसार मुलुकहरूलाई दुइ श्रेणीमा बाँडियो ।  पहिलो श्रेणी ती देश परे जहाँ कोरोना लाइ समाप्त गर्ने प्रयास गरियो र दोश्रो श्रेणी मा ती मुलुकलाई राखियो जसको उद्देश्य आफ्नो मुलुक भित्र सङ्क्रमणको प्रसार लाई रोक्नु थियो ।

पहिलो श्रेणी का मुलुकहरूले अन्तर्राष्ट्रिय यात्रामा प्रतिवन्ध लगाए जसले गर्दा संक्रमण लाई फैलिन वाट रोक्न सकियोस् । यस्तो मा यहा सङ्क्रमणले मृत्यु कम भयो र यी मुलुकमा नागरिकको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्यो ।

जबकी दोश्रो श्रेणीको मुलुक ले सामाजिक दूरी र लकडाउन मा जोड दिए । यस्तो प्रतिबन्धले यी देशहरूमा सामाजिक सम्बन्ध सीमित भए जसले गर्दा व्यक्तिको मानसिक स्थितिमा असर पर्यो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!