मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ भन्छन् : कोल्ड ड्रिंक्स ले मिर्गौला रोगको जोखिम बढ्छ


काठमाडौं – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठले कोल्ड ड्रिंक्स  ( चिसो पेय पदार्थ ) ले मिर्गौला रोगको जोखिम बढ्ने बताउँछन ।

धेरै व्यक्तिले पानी जस्तै कोल्ड ड्रिंक्स प्रयोग गर्छन् । यो विशेष गरी युवाहरूको लागि बानी जस्तै बन्छ । अनुसन्धानका अनुसार दिनमा २ वा सोभन्दा बढी कोल्ड ड्रिंक्स (क्यान/बोतल) पिउनेमा दीर्घकालीन मिर्गौला  रोगको जोखिम बढ्ने डा.श्रेष्ठ बताउँछन ।

डाइट सोडा पिउँदा पनि मिर्गौला रोग बढ्ने जोखिम हुन्छ । यसको असर नुन र चिनीको अत्याधिक सेवन जत्तिकै खराब हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!