‘मिर्गौला प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठ भन्छन् : शरीरमा पानीको कमी ले मिर्गौला बिग्रन सक्छ’


काठमाडौं– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठका अनुसार मानिसले आफ्नो शरीरमा पानी को कमी अर्थात डिहाइड्रेसन को अवस्थालाई धेरै गम्भीरतापूर्वक नलिएर यस बारे ध्यान दिएन भने घातक साबित हुन सक्छ ।

डा.श्रेष्ठका अनुसार शरीरमा पानीको कमी पखाला, बान्ता र बढी पसिना आउने लगायतका धेरै कारणले हुन सक्छ । यसका साथै मधुमेह जस्ता अवस्था लाई नियन्त्रण गर्न नसक्दा पिसाब सँगै शरीरबाट अत्यधिक मात्रामा पानी निस्कन सक्छ ।

पानीले मिर्गौला लाई शरीर भित्रको फोहोर बाहिर निकाल्न धेरै मद्दत गर्छ । पानीले रक्तनलीहरूलाई खुला राख्न पनि सघाउँछ , जसले गर्दा रगत सबै पोषक तत्त्वहरू सहित मिर्गौला सम्म पुग्न सक्छ ।  ‘डिहाइड्रेसन भएमा यो काममा बाधा हुन्छ’, डा.श्रेष्ठ भन्छन्–‘ अझ गम्भीर डिहाइड्रेसन भए मिर्गौला बिग्रने सम्भावना समेत रहन्छ ।’

यति मात्र नभइ, निर्जलीकरणले पत्थरी र युटिआइ अर्थात पिसाबको संक्रमण (युरिनरी र्ट्याक्ट इन्फेक्सन)को अवस्था समेत सिर्जना गर्न सक्ने औँल्याउदै डा.श्रेष्ठ भन्छन्–‘ नियमित रूपले उपयुक्त मात्रामा पानी सेवन गरेर वा असहज परिस्थितिमा अन्य चिकित्सा सम्मत उपाय द्वारा शरीरमा पानीको कमी हुन दिनु हुदैन ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!