हर्ट एटैक पछि बलिउड अभिनेत्री सुष्मिता सेनले भनिन–मुटु बलियो राखौं : दौडिँदा मुटु बलियो, दिमाग फिट, स्वास्थ्यको लागि आहार पनि परिवर्तन गरौँ


नयाँ दिल्ली – ४७ वर्षीया बलिउड अभिनेत्री सुस्मिता सेनलाई हालै हर्ट एटैक भएपछि एन्जियोग्राफी गर्नुपरेको थियो । उनले सामाजिक सञ्जाल मा लेखेकी छिन्, ’आफ्नो मुटु लाई सधैँ खुसी र बलियो राख्नुहोस्, किनकि तपाईंलाई सबैभन्दा बढी आवश्यक पर्दा यो तपाईंको साथमा हुनेछ ।

विज्ञहरूको अनुसार सुस्मिता सेन पनि आफ्नो फिटनेसलाई लिएर सधैँ सचेत रहेकी छिन् । यही कारण हो कि हर्ट एटैक वाट निको भएर फेरि उनी उस्तै जोशका साथ फ्यानहरूका अगाडि देखा परेकी छिन ।
सुष्मिता सेनले गत बिहीवार नै आफू लाई केही दिन अघि हर्ट एटैक भएको बताएकी थिइन । इन्स्टाग्राममा गरिएको पोस्टमा उनले लेखेकी थिइन –‘एन्जियोप्लाष्टी भयो र स्टेण्ट हालियो , अव स्वस्थ छु ।’

यस्तै सुस्मिता इन्स्टाग्रामको लाइभ सेसनमा जानकारी दिदै हर्ट सर्जरी मा तिब्र गतिले रिकभरी भइ रहेको छ । उनले आफूलाई पोजेटिभ राखिरहेको र सबै परिवारको सदस्य आफू सँग भएको समेत बताएकी थिइन ।’

‘धेरै ठुलो हर्ट एटैक वाट बाच्न सकेकी हु । धेरै ठुलो हृदयाघात भएको थियो । मुख्य आर्टरी मा ९५ प्रतिशत ब्लकेज निस्कियो । यो मेरो जीवनको एउटा अवस्था बित्यो । मेरो मुटूमा अव कुनै कुराको डर छैन’, लाइभ सेसनमा उनले मुम्बई स्थित नानावती अस्पताल को डाक्टरहरू लाई जीवन जोगाउनको लागि धन्यवाद समेत दिइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!