गर्भावस्था वा सुत्केरी हुँदा प्रत्येक दुई मिनेट मा एक महिलाको मृत्यु


जेनेभा – विश्व स्वास्थ्य सङ्गठनले गर्भावस्था वा सुत्केरीका क्रममा हुने मृत्यु मध्ये अधिकांशलाई रोकथाम गर्न सकिने बताएको छ । तर त्यसलाई न्यूनीकरणमा प्रगति नभए सन् २०३० सम्ममा थप १० लाखभन्दा बढी महिलाको ज्यान जोखिममा पर्ने सम्भावना छ ।

डब्लुएचओ का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने, ‘यो स्तब्ध गर्ने खालको छ कि गर्भावस्था … अझै पनि उच्च गुणस्तर, सम्मानजनक स्वास्थ्य सेवामा पहुँच नभएका विश्वका लाखौं महिलाहरूका लागि खतरनाक अनुभव हो।’

युएन एजेन्सी प्रमुखले स्वास्थ्य सेवाको पहुँचमा क्षेत्रीय असमानतातर्फ ध्यानाकर्षण गराउँदै महिला र बालिकाहरूलाई सुत्केरी हुनु अघि, समयमा र पछि महत्वपूर्ण स्वास्थ्य सेवाहरूमा पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए।

आफ्नो प्रजनन अधिकारको पूर्ण उपयोगका लागि यी सेवाहरू सुनिश्चित गर्न जरुरी रहेको उनले बताए । विश्व बिस्तारै कोभिड महामारीको छायाबाट बाहिर आइ रहेको छ, र अनुसन्धानले देखाउँछ कि कोरोना भाइरसको जोखिमले गर्भावस्था को समयमा जोखिम बढाउन सक्छ।

मातृ मृत्युमा यस विश्वव्यापी स्वास्थ्य प्रकोप को वास्तविक हदको पूर्ण मूल्याङ्कन गर्न थप अनुसन्धान प्रयासहरू आवश्यक रहेको विज्ञहरूले औंल्याए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!