अमेरिकामा घुराइ (स्नुरिङ्ग) को कारण २०%जोडी सँगै सुत्दैनन्, कोरोना पछि यो चलन बढ्यो


एउटै घरमा बस्दा पनि श्रीमान श्रीमती र जोडी छुट्टाछुट्टै सुत्ने चलन सामान्य बन्दै गएको छ । अमेरिकामा २० प्रतिशत दम्पतीहरू छुट्टै अर्को बेडरुममा सुत्ने गरेका छन् । ३१ प्रतिशत दम्पतीले छुट्टाछुट्टै सुत्दा उनीहरूको सम्बन्धमा कुनै असर नपरेको बताए । २१ प्रतिशतले भने यसले उनीहरूको सम्बन्धमा सुधार आएको छ । इन्टरनेसनल हाउसवेयरर्स एसोसिएसनले जनवरीमा २२ सय अमेरिकीमा गरेको सर्वेक्षणमा यो जानकारी आएको हो ।

अहिले छुट्टाछुट्टै सुत्ने हिसाबले घरलाई डिजाइन गराउने जोडीको संख्या बढेको छ । इन्टेरियर डिजाइनरहरू भन्छन् कि जोडीहरू दुवै कोठाको सजावट एउटै होस् भन्ने चाहन्छन्। यस्ता जोडी छुट्टाछुट्टै कोठामा सुत्न रुचाउँछन् । उनीहरु आफ्नो पार्टनरको घुरेको कारण आफ्नो निन्द्रामा बाधा पुर्याउन चाहँदैनन् ।

तर, विशेषज्ञहरू र विवाह सल्लाहकारहरू यो व्यवस्था सँग असहमत छन्। छुट्टै सुत्ने निर्णयको पछाडि अन्य कारणहरू हुन सक्छन्, नेवादा लस भेगास विश्व विद्यालयका पारिवारिक थेरापी कार्यक्रमका प्राध्यापक क्याथरिन हर्टर्लिन भन्छिन् -‘के तपाईंलाई बारम्बार पार्टनरको कोल्टो फेराइ सँग समस्या छ? वा घरको गम्भिर समस्याहरू छलफल नगर्ने बहाना हो? वा टकराव बिना एकअर्काबाट बच्ने तरिका हो ?’

विज्ञहरू भन्छन्– सँगै सुत्नु ले सम्बन्ध राम्रो हुन्छ । केही विज्ञहरूले सँगै सुत्दा दम्पती बीचको सम्बन्ध राम्रो हुने विश्वास गर्छन् । मनोवैज्ञानिक डा.फ्रेजर भन्छन् कि मानिसहरू प्रेम पाउन र सगै जीवन बिताउन विवाह गर्छन्। त्यसैले सँगै सुत्दा सम्बन्ध गहिरो हुन्छ ।

हाउसवेयर एसोसिएसनले गरेको एक सर्वेक्षणमा ४६ प्रतिशत मानिसले आफ्नो पार्टनरको निन्द्रामा घुर्ने (स्नुरिङ्ग) वा धेरै कोल्टो फेर्ने बानीले दिक्क भएर छुट्टै कोठामा रात बिताउने निर्णय गरेको बताएका छन्। अन्य कारणहरूमा सुत्नको लागि फरक समय हुनु वा कुनै काममा व्यस्त हुनु पनि हो ।

२० प्रतिशत मानिसहरूले के भने कि उनीहरू आफ्नो लागि छुट्टै ठाउँ चाहन्छन् त्यसैले तिनिहरू अर्को कोठामा सुत्छन् । गत वर्ष देखि मात्रै अर्को कोठामा सुत्न थालेको २२ प्रतिशतले बताए । अहिले यो प्रवृत्ति बढ्दै गएको देखिन्छ । तर केही बुज्रुकहरू आफ्नो परिवारका कुनै जोडीलाई छुट्टै सुत्नु उपयुक्त मान्दैनन्।

यसले सम्बन्धमा सुधार आएको दम्पतीहरूको विश्वास
इन्टरनेशनल हाउसवेयर एसोसिएसनले गरेको सर्वेक्षण मा ३१ प्रतिशत दम्पतीले छुट्टाछुट्टै सुत्दा उनीहरूको सम्बन्धमा कुनै असर नपरेको बताए। २१ प्रतिशतले त यति सम्म की भने यसले उनीहरूको सम्बन्धमा सुधार आएको छ । अरूले यो व्यवस्थालाई राम्रो मान्दैनन्। अमेरिका मा धेरै जोडीहरू महामारीको बीचमा छुट्टै कोठामा सुत्न थालेका छन्।

हृयुस्टनकी कारा न्यूहार्ट भन्छिन् कि हामी महामारीमा छुट्टै कोठामा सुत्न थाल्यौं। अहिले हामी मन पराउन थालेका छौं । म मेरो कोठामा स्वतन्त्र महसुस गर्छु, यसले हामीलाई गोपनीयता पनि कायम रहन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!