सरकार ले टर्कीमा हाड जोर्नी विशेषज्ञ सहितका मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने


काठमाडौं – सरकारले टर्कीमा गएको विनासकारी भूकम्प पीडितका लागि राहत र पुनर्स्थापनाका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । सरकारले विनाशकारी भूकम्पबाट प्रभावित टर्कीलाई सहायता गर्न भूकम्प उद्धारका लागि आवश्यक हाडजोर्नी विशेषज्ञ सहितका स्वास्थ्यकर्मीलाई पठाउन तयारी थालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय को अनुसार बैठकमा प्रधानमन्त्रीले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन् ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए ।

टर्कीमा सोमबार बिहानै ७.८ रेक्टर स्केल म्याग्निच्युटको भूकम्प गएको थियो भने दिउँसो पुन: ७. ५ रेक्टर स्केल म्याग्निच्युटको पराकम्प गएको थियो । त्यसयता दर्जनौं पराकम्प गइरहेको बताइएको छ । भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या १२ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!