चिकित्सक संघ को अध्यक्ष मा डा. अनिल विक्रम कार्की, एक सदस्य बाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी


काठमाडौं – नेपाल चिकित्सक संघको अध्यक्ष मा डा अनिल विक्रम कार्की विजयी भएका छन्। संघको निर्वाचनमा एकजना सदस्य बाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको हो।

डा.कार्कीले  प्रगतिशिल समूहका अध्यक्षका अर्का उम्मेदवार डा सन्तोष पौडेललाई १ हजार २ सय १४ मतले पराजित गरे। कार्कीले ३ हजार ५ सय ३७ मत पाए भने पौडेलले २ हजार ३ सय २३ मत पाएका हुन ।

महासचिवमा समेत लोकतान्त्रिक समूहका डा सन्जिब तिवारी विजयी भएका छन्। उनले डा अमृत भुसाललाई १ हजार ३ सय ७७ मतले पराजित गरेका छन्। तिवारीले २ हजार ९ सय १८ मत पाएका छन् भने भुसालले १ हजार ५ सय ४१ मत पाएका हुन । यस्तै अर्की उम्मेदवार रक्षा श्रेष्ठले १ हजार ५ सय ५ मत पाइन्।

चिकित्सक संघको उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा निरज कुमार सिंह,  उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा  डा राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा प्रशान्त भट्ट वीजयी भएका छन्।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा किशोर खत्री, डा सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा अमित रञ्जन मिश्र, डा युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा स्मृती महत विजयी भएका छन्। चिकित्सक संघको निर्वाचनमा कुल ६२९२ मत खसेको थियो।

यस्तै वरिष्ठ उपाध्यक्ष डा वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा केशर बहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १  संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी,  सह-कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह-सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!