वृद्ध व्यक्ति हरूमा खेलकुद सँग सम्बन्धित सडन कार्डियाक एरेष्ट (एक्कासि मुटुले काम गर्न बन्द गर्नु) दुर्लभः अनुसन्धान

वृद्ध व्यक्ति हरूमा खेलकुद सम्बन्धी अचानक कार्डियाक एरेष्ट प्रत्येक वर्ष प्रति एक लाख व्यक्तिमा २ देखी ३ घटनाहरूमा हुन्छ ।


लस एन्जल्स (अमेरिका)– वृद्ध व्यक्ति हरूमा खेलकुद सम्बन्धी अचानक कार्डियाक एरेष्ट (एक्कासि मुटुले काम गर्न बन्द गर्नु) प्रत्येक वर्ष प्रति एक लाख व्यक्तिमा २ देखी ३ घटनाहरूमा हुन्छ । यो अध्ययनको निष्कर्ष  जर्नल ‘जेएसिसिः क्लिनिकल एलेक्ट्र्रोफिजियोलजी’ मा रिपोर्ट गरिएको हो ।

साइकल चलाउने, जिममा कसरत गर्ने , दौडने , टेबुल टेनिस वा गल्फ खेल्ने लगायत ६५ वर्ष वा यो भन्दा माथिका उमेरका व्यक्तिहरूमा भएका ४ हजार ७८ हृदय घात मध्ये  ७७ (१.९ प्रतिशत ) जनामा भएको हर्ट एटैक व्यायाम को वेला भएको थियो । पुरुषहरूमा हृदय घात हुने सम्भावना (९१ प्रतिशत) बढी थियो ।

अनुसन्धान कर्ताहरूले अन्य मेडिकल रेकर्डहरू पनि हेरे, जुन ३ हजार १ सय ६२ कार्डियाक एरेष्ट केसहरू र खेल सम्बन्धित कार्डियाक एरेष्टका ४७ केसहरूका लागि उपलब्ध थिए ।

यस अनुसन्धान का अनुसार व्यायाम गर्ने क्रममा वा लगत्तै अचानक हृदय घात को शिकार भएकाहरूलाई हर्ट एटैक को जोखिम कारक र अन्य स्वास्थ्य समस्याहरू हृदय घात नहुने मानिसहरूको दाँजोमा कम थियो ।

खेल कुद सँग सम्बन्धित कार्डियाक एरेष्ट को अनुभव गर्ने मानिसहरूले पनि सार्वजनिक स्थानमा यसको अनुभव गर्ने सम्भावना बढी थियो, जसले गैर खेल सम्बन्धित हृदय घातको अनुभव गर्नेहरूको तुलनामा बाँच्ने सम्भावना चार गुणा बढी हुन योगदान पुर्यायो ।

मुटुमा हुने विद्युतीय तरंग सँग सम्बन्धित समस्याले गर्दा मुटुको धडकन बन्द भएर अचानक हृदय घात अर्थात् सडन कार्डियाक एरेष्ट हुन्छ । यो एक अत्यन्त खतरनाक घटना हो जसमा धेरै जसो व्यक्तिको केही मिनेट मै मृत्यु हुन्छ । तर राम्रो समाचार के हो भने हालका दिनहरूमा काम गर्ने उमेरका मानिसहरूमा अचानक कार्डियाक एरेष्ट हुने घटना कम भएको छ । तर वृद्ध बृद्धा हरूको लागि अचानक कार्डियाक एरेष्ट हुने घटनामा वृद्धि भएको छ ।

व्यायाम सबै भन्दा राम्रो मुटुको लागि स्वस्थ कर बानी हो । तथापि दुर्लभ अवस्थामा यसले अनियमित हृदय लय लाई ‘ट्रिगर’ ( उत्पन्न ) गर्न सक्छ जसले अचानक मुटु को धडकन बन्द अर्थात् सडन कार्डियाक एरेष्ट हुन सक्छ ।

अनुसन्धान कर्ताहरूले पोर्टल्यान्ड, ओरेगन र क्यालिफोर्नियामा मा ६५ वर्ष र यो भन्दा माथिका मानिसहरूमा भएको अचानक हृदय घातको विश्लेषण गरे । यो गर्नको लागि उनीहरूले दुई अध्ययनको तथ्याङ्कलाई समीक्षा समेत गरे ।  यस अन्तर्गत सन २००२ देखी जारी रहेको ओरेगनमा भएको एक्कासि अप्रत्याशित मृत्युको अध्ययन र सन २०१५ देखी जारी विभिन्न बहु जातीय समुदायमा भएको अचानक मृत्यु बारे भेन्टरा अनुमान सम्बन्धी अध्ययन को समीक्षा र विश्लेषण गरिएको थियो । तथ्याङ्क अस्पतालमा भर्ना हुँदा अचानक हृदय घातको अनुभव गर्ने र बचाउका प्रयास नगरिएका मानिसहरूलाई समावेश गरिएको छैन ।

खेलकुद गतिविधिको क्रममा वा गतिविधि को एक घण्टा भित्र अचानक कार्डियाक एरेष्ट वाट मृत्यु भएका व्यक्ति हरूलाई खेलकुद सँग सम्बन्धित अचानक हृदय घातको रूपमा वर्गीकृत गरिएको थियो ।

खोजहरूले वृद्ध व्यक्तिहरूमा खेलकुद गतिविधि निरन्तर बढ्दै गए पनि खेलकुद गतिविधि वाट अचानक मुटुले काम गर्न छोड्नु असामान्य कुरा रहेका बताउँछ । यस बाहेक व्यायाम को वेला अचानक कार्डियाक एरेष्ट भएका व्यक्तिहरूमा व्यायामले ट्रिगर नगरेको अचानक कार्डियाक एरेष्ट ( मुटुले काम नगर्न ) भएका मानिसहरूको तुलनामा कम कोमरबिडीटि र मुटु सम्बन्धी जोखिम हुन्छ ।

अध्ययन को निष्कर्ष अनुसार खेल गतिविधिका फाइदाहरू सम्भावित अचानक मुटुले काम गर्न बन्द गर्नुको  जोखिम भन्दा बढी हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!