मलेसियाका गृहमन्त्री द्वारा कामदारको स्वास्थ्य परीक्षण गर्ने केन्द्र अनुगमन


काठमाडौं–मलेसियाका गृहमन्त्री फुददिन नासुसन इजमाइलले शुक्रवार मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य जाँच गर्ने केन्द्र अनुगमन गरेका छन्।

नेपाली कामदारहरू मेडिकल अन फिट हुनेको संख्या बढेको भन्दै मलेसियाले स्वास्थ्य मापदण्ड बनाई सन २०१४ देखि स्वास्थ्य परीक्षणमा कडाइ गर्दै आएको छ । कामदारहरू स्वास्थ्य परीक्षण पास भएको रिपोर्ट  सिधै मलेसियाको गृह मन्त्रालयले अपलोड गरेपछि मात्रै भिसा जारी हुने प्रावधान छ ।

गृहमन्त्री इजमाइलको टोलीले सिनामंगल स्थित अनमोल मेडिकल सेन्टरको अनुगमन गरेको हो । उक्त सेन्टर सहित ३६ वटा स्वास्थ्य परीक्षण केन्द्र मलेसिया सरकारको विदेशी कामदार केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस) सँग आवद्घ प्रणाली हो ।

अनुगमनपछि मलेसियाका गृहमन्त्रीले गुणस्तरीय स्वास्थ्य परीक्षणमा आफ्नो मन्त्रालयलले जोड दिएको समेत जनाए । गृह मन्त्रालयले आवश्यकका अनुसार स्वास्थ्य परीक्षण केन्द्र को अनुगमन गर्न टोली पठाउने पनि उनले उल्लेख गरे ।

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति दिएको संस्था मध्येबाट गन्तव्य देशहरूले कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । यसरी मलेसियाले ३६, खाडी देशहरूका स्वास्थ्य संगठन गल्फ कोअपरेसन काउन्सिल अर्थात गाम्का ले साउदी, बहराइन, युएई, ओमनका लागि १२ र कतारले एक वटा स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!