बाँकेका अढाइ प्रतिशत स्कुल जाने विद्यार्थी मा आँखा को समस्या


नेपालगञ्ज –बाँके जिल्लाका ४ विद्यालयका २ हजार ८ सय ६८ जना विद्यार्थीहरूको आँखा जाँच गर्दा झण्डै अढाइ (२.५) प्रतिशत मा दृष्टि दोषको समस्या देखिएको छ । नेपाल नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल को आयोजना मा भएको विद्यार्थीहरूको निःशुल्क आखा परिक्षण गर्दा ७१ जना अर्थात २.४६ प्रतिशत विद्यार्थीमा आखा को समस्या देखिएको हो । आखाको समस्या देखिएकाहरूलाई निःशुल्क चश्मा समेत वितरण गरिएको थियो ।

फुलटेक्रा माध्यमिक विद्यालयका ४ सय जना, महेन्द्र माध्यमिक विद्यालयका ४ सय ४ जना, युद्ध संस्कृत माध्यमिक विद्यालयका २ सय १४ जना र धम्बोझी माध्यमिक विद्यालयका १ हजार ८ सय ५० जना विद्यार्थीहरू को निशुल्क आँखा जाँच गरिए को अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिक ले बताए ।

सरकारको सहयोगमा आयोजना गरिएको उक्त निशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगञ्ज महानगरपालिका ४ वटा सामुदायिक विद्यालयमा सम्पन्न गरिएको हो । नेत्रज्योति संघ द्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसंग सहकार्यमा देशैभरी निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!