दयालु व्यवहार ले डिप्रेसनको प्रभाव कम गर्न सकिन्छ


अमेरिकाको ओहायो विश्व विद्यालयमा गरिएको एक अनुसन्धान अनुसार दयालु व्यवहारले डिप्रेसनको दुष्प्रभाव लाई कम गर्न सकिन्छ । अनुसन्धान कर्ता तथा मनोविज्ञानका प्राध्यापक जेनिफर चेवेंस का अनुसार डिप्रेसन वा तनावको बिरामी ले अर्कालाई मद्दत गर्दा सकारात्मकता विचलन ( पोजेटिभ डिस्ट्रक्सन ) हुन्छ । यसले बिरामीलाई रोग भुल्न मद्दत गर्छ । लक्षण कम हुन्छ ।

अनुसन्धान कर्ताहरूको टोलीले ओहायो विश्वविद्यालय का व्यक्तिहरू माथि यो अनुसन्धान गरेको हो । यसका लागि तीन प्रकारका समूह गठन गरिएको थियो । यसमा गम्भीर लक्षण भएका १ सय २२ जना बिरामी हरू सामेल थिए ।

अध्ययनमा दयालु भई काम गर्ने बिरामीहरूको लक्षण हरू द्रुत गतिमा कम भएको पाइयो । प्रो. जेनिफरका अनुसार व्यक्ति समाज सँग जोडिएको हुन्छ । दयालु हुनु पनि त्यसैको एक भाग हो । सहयोग गर्न पाउँदा खुसी लाग्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!