रक्सी पिए पछि मानिस किन बाँदर जस्तै अनौठो व्यवहार गर्छन्? जान्नुस वैज्ञानिक कारण

रक्सीको लागि मनुष्यको प्रेम बाँदर र लङ्गुरका कारणले हो


के तपाईँलाई थाहा छ बाँदरबाट मानिसले सिकेको एउटा बानी के हो ? हो, मानिसले बाँदरबाट रक्सी पिउने बानी सिकेका छन् । एक अध्ययनको दाबी अनुसार बाँदरले अलिकति कुहिएको फलफूल खोज्छन् । अध्ययनमा बाँदरले खाने फलफूलमा करिब २ प्रतिशत अल्कोहल हुने गरेको समेत पाइएको छ ।

बर्कलेको युनिभर्सिटी अफ क्यालिफोर्निया का जीव विज्ञानी रोबर्ट डूडलेले २५ वर्षका युवाहरूमा रक्सी को बढ्दो क्रेजको बारेमा अनुसन्धान गरेका थिए । उसले के पाए भने रक्सीको लागि मनुष्यको प्रेम बाँदर र लङ्गुरका कारणले हो ।

रक्सीको सुगन्धका कारण बाँदर र लङ्गुर हरू फल फूल खानको लागि यसलाई पाक्न वा अलिकति कुहिने पर्खाइमा बस्छन् । अब यस विषयमा एउटा अर्को अध्ययन समेत गरिएको छ । यस लाई ‘ड्रंकन मन्की’ नाम दिइएको छ । यस अध्ययनले हाइपोथेसिस (परिकल्पना) लाई समर्थन गर्दछ । युनिभर्सिटी अफ क्यालिफोर्निया मा गरिएको यस अध्ययन मा पानामा पाइने कालो हात भएको बाँदर(ब्लैक हेडेड स्पाइडर मंकी) ले खाएको फल र पिसाबको नमूना संकलन गरेको थियो ।

बाँदरबाट रक्सी पिउने बानी सिके
अनुसन्धानमा के देखियो भने बाँदरले अलिकति कुहिएको फल खाने गरेको छ । उनीहरूले खाएको फलफूलमा १ देखि २ प्रतिशत सम्म अल्कोहलको मात्रा पाइएको थियो, जुन प्राकृतिक रुपमा मद्यसारको निर्माण ( नेचुरल फर्मन्टेसन) ले गर्दा आएको हो । स्मरण रहोस् अल्कोहलको यो मात्रा कम अल्कोहल भएको बियरमा समेत यस्तै (एक दुई प्रतिशत ) मात्रा पाइन्छ । साथै बाँदरहरूको पिसाबको नमूनाहरूमा समेत रक्सीको अंश पाइएको थियो ।

यसको अर्थ बाँदरहरूले ऊर्जाको लागि रक्सी उपयोग गर्छन । यो अध्ययनले मानिसमा मदिरा प्रतिको यो माया बाँदरका कारण ले आएको विज्ञहरूले बताएका छन् । साथै, ‘ड्र्रकंन मंकी थ्योरी’मा समेत धेरै सत्यता छ। सायद त्यसैले पनि मनुष्य बाँदरवाट रक्सी पिउने बानी सिकेर बाँदर जस्तो कृयाकलाप गर्न थाल्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!