चिसो / जाडो कुनै व्यक्ति लाई बढी त कसै लाई कम किन लाग्छ ? जानौ बैज्ञानिक कारण


हालको व्यापक चिसो मौसममा कुनै व्यक्ति सामान्य कपडामा समेत ठिक महसुस गर्छन भने कोई वाकलो ज्याकेट मा पनि जाडो अनुभव गर्छन । जानौ कसैले बढी त कसैले कम चिसो अनुभव गर्नु पछाडी को विज्ञान केहो ?

कुनै व्यक्ति लाई चिसो कसरी अनुभव हुन्छ ?
सबैभन्दा ठूलो प्रश्न भनेको मानिसलाई चिसो कसरी अनुभव हुन्छ ? शरीरमा छाला मुनि थर्मो रिसेप्टर नर्भहरू हुन्छन्, जसले मस्तिष्कमा चिसो अनुभुती भईरहेको सन्देश पठाउँछन्।

त्यसपछि मस्तिष्कमा भएको हाइपोथालेमस ले शरीरको तापक्रम सन्तुलनमा राख्न थाल्छ । जस कारण शरीरको रौ हरु खडा ( गुज बम्प ) हुन्छ र मांसपेशिहरु संकुचित हुन थाल्छ। यहीं कारण ले कुनै व्यक्ति लाई चिसो अनुभव हुन्छ ।

किन केही मानिसहरू बढी त केही लाई कम चिसो अनुभव हुन्छ ?
अध्ययन हरुको अनुसार चिसो बढी वा कम लाग्नु पूर्णतया लिंग,उमेर र जीन मा निर्भर गर्दछ। यसले मानिस कति चिसो महसुस गर्छ भन्ने निर्धारण गर्छ।

हरेक व्यक्तीको तापक्रम सहन गर्नेर चिसो महसुस गर्ने क्षमता पनि फरक – फरक हुन्छ । एक अध्ययनमा यो पनि दावी गरिएको छ कि वृद्धहरूलाई कम चिसो लाग्छ भने युवाहरू लाई बढी चिसो लाग्छ।

अध्ययन अनुसार तापक्रम निकै कम नभए सम्म वृद्ध वृद्धाहरू चिसोले काँप्दैनन् भने युवाहरू तापक्रम अलि कति घटे पछि मात्रै काँप्न थाल्छन । किनभने, वृद्धहरू को तुलनामा युवाहरू मा चिसो महसुस गर्ने क्षमता बढी हुन्छ, जुन उमेर सँगै बिस्तारै घट्दै जान्छ।

चिसो हुँदा किन शरीर काँप्न थाल्छ ?
वातावरणको तापक्रमकम भए पछि मस्तिष्कमा रहेको हाइपोथालेमस ले शरीरको तापक्रम सन्तुलनमा राख्न थाल्छ र शरीरका अंगहरू सुस्त गतिमा काम गर्छन्।

जसकाकारण शरीरमा बढी मेटाबोलिक ताप उत्पन्न हुन्छ र शरीरमा काँप्न थाल्छ । शरीर काँप्नुको अर्थ तपाईको शरीरले शरीरको तापक्रम र बाहिरी वातावरण को तापक्रमलाई समायोजन गरिरहेको हो । तापक्रम सन्तुलित भएपछि काँप्ने क्रम रोकिन्छ वा कम हुन्छ।

कुन कारणले धेरै चिसो लाग्छ?अत्यधिक चिसो लाग्नु को पछाडि धेरै कारण हुन सक्छन् । लम्बाइको अनुपातमा शरीरको तौल निकै कम भएमा चिसो बढी महसुस हुन्छ ।

यस बाहेक शरीरमा आइरनको कमी हुनु र थाइराइड बिग्रनुका कारण पनि अत्याधिक चिसो लाग्न सक्छ । शरीरको सबै अंग हरूमा राम्रो सँग रक्तसञ्चार हुन नसक्दा पनि अत्यधिक चिसोको अनुभव हुन सक्छ।

यस बाहेक उचित निद्रा नपुग्नु, डिहाइड्रेशन र भिटामिन बी को कमी पनि अत्यधिक चिसो अनुभव हुनुको कारण हुन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!