डिमेन्सिया, मुटु रोग र स्ट्रोक को समस्या मदिरा सँग सम्बन्धित रहेको अनुसन्धानले देखाएको छ

नवयुवाहरूको हालको तनाव र रक्सीको अम्मल १२ वर्षको उमेर अघिको एक्लोपनसँग सम्बन्धित रहेको अध्ययनमा पाइएको छ ।


एक्लोपनले धेरै समस्याहरू निम्त्याउन सक्छ। यसले उदासी रोग( डिप्रेसन ) का साथै अन्य मानसिक विकारहरू निम्त्याउन सक्छ। बाल्यकालमा एक्लोपन भोग्ने मानिसहरू हुर्कंदै जादा रक्सीको लतको सिकार हुन सक्ने पनि सम्भावना देखिएको छ । सुन्दा अनौठो लाग्ने भए पनि हालै गरिएको एक अनुसन्धानमा यस्तो दाबी गरिएको छ ।

यस पछि रक्सीलाई अन्य रोगहरूसँग समेत जोडेर देख्न थालिएको छ । यदि तपाइ बच्चाहरूलाई एक्लै छोड्नुहुन्छ भने, अलि सावधान हुन आवश्यक छ ।

वैज्ञानिकहरूले एउटा नयाँ अध्ययनमा युवाहरूमा मदिराको लतमा बाल्यकालको एक्लोपन पनि जिम्मेवार हुनसक्ने पाएका छन । जसका कारण वृद्धवृद्धाहरु मा डिमेन्सिया, मुटुरोग र स्ट्रोकको समस्या समेत हुन सक्छ । अध्ययनको नतिजाले आउने ठूलो खतराको संकेत दिन्छ । बाल्यकालको एक्लोपनलाई हटाउँदै के आगामी पुस्तालाई रक्सीको लतबाट बचाउन सकिन्छ ? यो विषयमा अझ बढी थप अनुसन्धान गर्नु पर्ने आवश्यकता छ।

संयुक्त राज्य अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटी (एएसयू) का शोधकर्ताहरूले युवाहरूको वर्तमान तनाव र रक्सीको लतको लागि के बाल्यकालको एक्लोपन जिम्मेवार हुन सक्छ कि भन्ने बारे पत्ता लगाउने प्रयास गरे। अनुसन्धानमा प्रयोग गरिएको तथ्याङ्क कोभिड–१९ महामारी अघि सङ्कलन गरिएको थियो ।

३०० विद्यार्थीहरूको केस स्टडी

यो अध्ययन ‘एडिक्टिभ बिहेभियर्स रिपोर्टस’ मा प्रकाशित हुने बाला छ । एएसयूको मनोविज्ञान विभागका सहायक प्राध्यापक जुली पाटोक–पेखम को  अनुसार, ‘अध्ययनमा पाइयो की नवयुवाहरूको हालको तनाव र मदिराको लत उनीहरूको १२ वर्षको उमेर अघि को एक्लोपन सग सम्बन्धित थियो ।’ अध्ययनमा तीन सय कलेज जाने विद्यार्थीलाई समावेश गरिएको थियो । यस क्रममा उनीहरूको बाल्यकालको एक्लोपन, हालको तनावको स्तर र रक्सीको लतको मूल्याङ्कन गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!