रिस ले मुटु, मस्तिष्क र पेटलाई रोगी बनाउँछः यो चिन्ता भन्दा पनि बढी खतरनाक, स्मरणशक्ति कमजोर गराउँछ


रिसले टाउको फुट्न थालेको कुरा धेरै व्यक्तिले भन्ने गरेको सुन्नु भएको होला, तर वास्तविकता यो भन्दा पनि बढी खतरनाक हुन्छ । रिसले सम्पूर्ण शरीरलाई रोगी बनाउँछ । यसले दिमाग मात्र नभइ मुटु र पेटलाई पनि बिगार्छ र दीर्घकालीन रोगहरूलाई जन्म दिन्छ ।

बाल्टिमोरको जोन हपकिन्स अस्पतालका कार्डियोलोजिस्ट डा. इलन शोर विहीनको अनुसार रिस वा निराशामा शरीरको न्युरो हर्मोनल प्रणालीमा धेरै दबाब पर्छ , जसले आपतकालीन अवस्था ( इमर्जेन्सी )  निम्त्याउन सक्छ । लामो समयमा मृत्यु समेत हुन सक्छ । रिसले हाम्रो मुटु र रक्त नलीको प्रणाली ( कार्डियोभास्कुलर सिष्टम ) देखि हाम्रो स्नायु प्रणाली सम्म लाई असर पार्छ ।’

रिस को शरीरको हरेक अंगमा असर
रिसले मुटुमा असर– ब्रोकन हर्ट सिन्ड्रोमका विशेषज्ञ डा. विटस्टीन भन्छन– ‘रिसले धमनीलाई साँघुरो पार्छ । यदि पहिले देखी नै कुनै व्यक्ति लाई कार्डियोभास्कुलर रोग जस्तै उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल छ भने हृदयाघात हुन सक्छ । रिसले रक्तचाप बढ्छ, स्नायु खुम्चिन्छ, शरीरको प्रतिरक्षा प्रणालीबाट पचाउने सेल निस्कन्छ । योसबै एकै सँग हुन्छ जसले धमनी अवरुद्ध (ब्लक) हुन्छ ।

दिमागले निर्णय लिन पाउदैन – रिसमा दिमागले सही निर्णय गर्न पाउदैन । युनिभर्सिटी अफ सिकागो मा मनोरोग र र बिहेभियरल  न्युरोसाइन्सको प्राध्यापक डा रोयस लीको अनुसार कुनै खास कारणले उत्तेजित हुँदा मस्तिष्कले केही गरेर हेराउन पनि प्रेरित गर्छ । मनुष्य रिसमा त्यो भन्न सक्छ वा गर्न सक्छ जसलाई उ रुचाउँदैन । रिसको अवस्थामा स्मरणशक्ति कमजोर हुन्छ । कुनै कुरामा ध्यान केन्द्रित गर्न सकिन्न ।

पेटमा समस्या– हाम्रो भावनाहरू  र पेटको गहिरो सम्बन्ध छ । रिसको कारण ग्यास्ट्रोको समस्या हुन थाल्छ । खाना पच्दैन, कब्जियत सुरु हुन्छ । डा. एटिनजिनको अनुसार रिसमा पेटको मांसपेशी बढी सक्रिय हुन्छ । कहिलेकाँही आन्द्रा आफ्नो ठाउँबाट सर्छ, यसले पखाला सम्म हुन सक्छ । कहिलेकाही रिसका कारण पेट दुख्ने समस्या पनि हुन थाल्छ भने कहिलेकाँही भोक लाग्दैन ।

आफूलाई फिट राख्नुस् र पर्याप्त निन्द्रा लिनुस्
येल स्कुल अफ मेडिसिनका क्लिनिकल मनोवैज्ञानिक एवं प्राध्यापक डा. विलियम बर्गको अनुसार रिसलाई रोक्न सधैँ सम्भव हुदैन  तर हामी यसलाई कम भने गर्न सक्छौँ । ध्यान, प्राणायाम गरेर आफूलाई फिट राख्न सकिन्छ भने पर्याप्त निद्राले समेत रिस कम हुन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!