इयर फोनले सुन्ने क्षमतामा असर


बीएमजे ग्लोबल हेल्थ जर्नलमा प्रकाशित एक अध्ययन अनुसार इयर फोनका बढी उपयोगले व्यक्ति विशेषको सुन्ने क्षमता प्रभावित हुन सक्छ । यसैले अनावश्यक रुपमा बढी समय सम्म इयर फोन उपयोग गर्नु स्वास्थ्य र विशेष गरी सुन्ने क्षमताको लागि नराम्रो मानिएको छ । 

स्पष्ट र राम्ररी सुन्ने लालसाले धेरै जसो व्यक्ति आवश्यकता भन्दा बढी भोल्युममा सुन्ने गरेका छन ।  अध्ययन अनुसार धेरै जसो व्यक्ति इयर फोनमा १०५ डेसिबल (डीबी) सम्मको भोल्युममा सुन्ने गरेका छन । गीत सुन्दाताका त यसको स्तर १०४ देखी ११२ डीबी सम्म हुन्छ ।

यसले गर्दा सुन्ने क्षमतामा असर पर्छ ।  विज्ञहरूको अनुसार एक दिनमा २–३ घन्टा भन्दा बढी इयर फोन उपयोग गर्नु हुदैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!