कोभिड विरुद्ध थप स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य मन्त्रालय ले सबैमा मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र व्यक्तिगत हातको सरसफाईमा विशेषत ध्यान दिन समेत अनुरोध गरेको छ


काठमाडौ – स्वास्थ्य मन्त्रालय ले मुलुकमा हाल कोभिड संक्रमणको अवस्था कम हुँदै गए पनि विश्व व्यापी रुपमा केहि देशहरूमा संक्रमणका नयाँ स्वरूपमा जोखिम बढी रहेकोले थप स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

मुलुकको सबै प्रवेश बिन्दुका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाहरुले आवश्यक स्क्रीनिंग, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन समेत स्वास्थ्य मन्त्रालय ले सम्बद्ध निकाय लाई सतर्क गराएको छ ।

पछिल्लो समय सक्रमण मा बृद्धि देखिएको छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोन को बिएफ .७ सब भेरिएन्ट हाल सम्म नेपालमा पुष्टि भने भएको छैन ।

स्वास्थ्य मन्त्रालय ले सबैमा मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र व्यक्तिगत हातको सरसफाईमा विशेषत ध्यान दिन समेत अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले निगरानी बढाउने एवं संक्रमण मा वृद्धि देखिएको सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको जनाएको छ ।

जिन सिक्वेन्सिङ्गमा ओमिक्रोन

पछिल्लो एक महिनामा मुलुक को विभिन्न स्थानबाट संकलित नमूनाको जिन सिक्वेन्सिग मा ओमिक्रोन कै सब भेरिएन्ट हरु देखिएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ नमुनाको नतिजा अनुसार सबैमा ओमिक्रोन भेरियन्ट नै देखिएको हो ।

यस अन्तर्गत BA.2, BA. 2.75, BA. 2.75.1, BA. 2.75.2, BA.2.75.3, BA. 2.75.5, BA.2.75.6, BA.2.76, BA.5.2, BA.5.2.1, BM. 1, BM. 1. 1.3, BN. 1.3, BQ. 1.1, BG 1.2, BY.1, र XBB भेरिएन्ट देखिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!