हरेक रात ५ घण्टा भन्दा कम सुत्दा गम्भिर रोग हुने खतरा, मृत्युको जोखिम २५ प्रतिशत सम्म


प्लोस मेडिसिन जर्नलमा प्रकाशित नयाँ अनुसन्धानको दाबी अनुसार यदि तपाईं ५० वर्ष भन्दा माथिको हुनुहुन्छ भने, हरेक रात ५ घण्टा वा कम सुत्नु तपाईंको लागि खतरनाक हुन सक्छ । तपाईंलाई कम्तीमा दुईवटा गम्भीर रोगको जोखिम हुन सक्छ ।

अनुसन्धानमा बेलायतका ८ हजार सरकारी कर्मचारीहरू समावेश थिए । उनलाई ५० वर्षको उमेर सम्म कुनै दीर्घकालीन अर्थात् लामो समय सम्म रही रहने रोग लागेको थिएन । वैज्ञानिकहरूले उनीहरूलाई आगामी २५ वर्षसम्म प्रत्येक ४ देखि ५ वर्षमा आफ्नो निन्द्रा र स्वास्थ्य बारे जानकारी दिन आग्रह गरे ।

५० वर्षको उमेरमा निन्द्रा ‘ट्रैक’ गरिएका व्यक्तिहरू मध्ये ५ घण्टा वा कम सुतेकाहरुमा दीर्घकालीन रोगहरूको जोखिम ३० प्रतिशत थियो । यिनीहरूको तुलना राती ७ घण्टा सुत्ने मानिसहरू संग गरिएको थियो । ६० वर्षमा यो जोखिम ३२ प्रतिशत र ७० वर्षमा ४० प्रतिशत सम्म बढ्यो । पर्याप्त निन्द्रा नलिदा मृत्यु हुने जोखिम पनि २५ प्रतिशत पाइयो ।

कम निन्द्राले हुने रोग को खतरा
अनुसन्धान अनुसार राति ५ घण्टा भन्दा कम सुत्ने मानिसमा मधुमेह, धेरै प्रकारका क्यान्सर, मुटुरोग, हर्ट एटैक, स्ट्रोक, हर्ट फेलियर, फोक्सोको रोग, मृगौला, कलेजोको रोग, डिप्रेसन (उदासी रोग), बिर्सने रोग, पार्किन्सन रोग, अर्थराइटिस लगायतका थुप्रै मानसिक विकार हुने खतरा हुन्छ ।

धनी देशहरूमा बढ्दो समस्या
अध्ययन अनुसार उच्च आय भएका देशहरूमा एकैपटक धेरै गम्भीर रोग लाग्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यस्ता मुलुकमा आधाभन्दा बढी वृद्धहरूलाई कम्तीमा दुईवटा दीर्घकालीन रोगहरू छन्। यो स्वास्थ्य सेवा, अस्पताल र सम्पूर्ण स्वास्थ्य प्रणालीका लागि ठूलो चुनौती हो ।

कति निद्रा लिनु आवश्यक ?
मानिसको उमेर बढ्दै जादा उनीहरूको निद्राको चक्र पनि परिवर्तन हुन्छ । दीर्घकालीन तथा गम्भीर रोगबाट बच्न चाहनेहरूले हरेक रात ७ देखि ८ घण्टा सुत्नु आवश्यक छ । यो भन्दा बढी वा कम निद्रा स्वास्थ्यको लागि हानिकारक छ। राम्रोसँग सुत्नको लागि, कोठा अँध्यारो, शान्त र सही तापक्रममा हुनुपर्छ। सुत्नुअगाडि गह्रो खानेकुरा खानु हुन्न भने सबै इलेक्ट्रोनिक उपकरणहरू आफूबाट टाढा राख्नु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!