यस्ता १० पुरुषलाई जीवनमा कहिले पनि लिनु हुन्न भियाग्रा, ‘साइलेंट किलर’ बन्ने छ साइड इफेक्ट


इरेक्टाइल डिस्फङ्कसन बाट ग्रसित पुरुष भियाग्रा को चक्की को सेवन गर्छन । इरेक्टाइल डिस्फङ्कसन लाई बोलचालको भाषामा नपुंसकता पनि भनिन्छ । अर्थात यौन क्रियाको समय या त इरेक्सन (लिङ्ग उत्थान) नै हुदैन वा भए पनि यसलाई कायम राख्न सक्दैन केही सेकेन्ड मै समाप्त हुन्छ ।

यो चक्कीले  रक्त प्रवाह तिव्र गरेर पुरुषको यौनाङ्ग मा तनाव बढाउँछ ।  भियाग्रामा सिल्डेनाफिल साइट्रेट औषधि हुन्छ, जसलाई बेलायतको नेशनल हेल्थ सर्भिस(एनएचएस) को अनुसार १० प्रकारको पुरुषले जीवनमा कहिले पनि लिनु हुन्न ।

भियाग्रा लाई पल्मोनरी हाइपरटेन्सन को उपचारको लागि पनि उपयोग गरिन्छ । जव फोक्सो लाई रगत आपुर्ति गर्ने धमनी मा उच्च रक्तचाप हुन्छ भने त्यसलाई पल्मोनरी हाइपरटेन्सन भनिन्छ ।

बेलायतको नेशनल हेल्थ सर्भिस(एनएचएस) को अनुसार यस्ता १० प्रकारको पुरुषले भियाग्रा सेवन गर्दा गम्भिर साइड इफेक्ट हुन सक्छ ।
१. सिल्डेनाफिल या अन्य औषधि ले एलर्जी भएका बिरामी
२. छातीको दुखाइ (एन्जाइना) को लागि नाइट्रेट औषधि लिने
३. गम्भिर मुटु र कलेजो रोग को  बिरामी
४. स्ट्रोक, हार्ट अटैक  वा मुटुको समस्या भइ सकेका पुरुष
५. निम्न रक्तचापको बिरामी
६. दुर्लभ जेनेटिक आँखा को रोग जस्तै रेटिनाइटिस पिग्मेन्टोसा भएका बिरामी
७. सिक्कल सेल एनिमिया, ल्युकेमिया, मल्टिपल मायलोमा जस्ता रगतको क्यान्सरका बिरामी
८. यौनाङ्गमा विकार (पेरोनिज रोग) भएका
९. पेट को अल्सर ले समस्यामा परेका
१०. रगत निस्कने समस्या जस्तै हेमोफिलिया भएका हरु

भियाग्राको सामान्य साइड इफेक्ट

  • टाउको दुखाइ
  • वाकवाकी
  • हट फ्लस
  • अपच
  • नाकबाट पानी बग्नु
  • चक्कर आउनु

साइड इफेक्ट देखिए के गर्ने ?
भियाग्रा चक्की लिए पछि साइड इफेक्ट देखिए तुरुन्त आराम गर्नुको साथै पानी खानु पर्छ । तर यदि समस्या ज्युको त्युँ रहे तुरुन्त चिकित्सक सँग हेराउनु पर्छ, किनभने यसको केही साइड इफेक्टले भयङ्कर परिणाम देखाउन सक्छन् ।

बढी असरको लागि कति खेर लिने भियाग्रा
सिल्डेनाफिल लाई असर देखाउन ३० देखी ६० मिनेट लाग्छ । तर विज्ञ सम्बन्ध बनाउनु भन्दा ४ घन्टा पहिले भियाग्रा लिने सल्लाह दिन्छन् । त्यही खाली पेट भियाग्रा लिनाले छिट्टै असर देखिन थाल्छ ।

डिस्क्लेमरः यो लेख सामान्य जानकारीको लागि हो । यो कुनै पनि प्रकारले कुनै औषधि वा उपचारको विकल्प हुन सक्दैन । बढी जानकारीको लागि सदैव डाक्टर सँग सम्पर्क गर्नुस ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!