नेपालमा ५ वर्ष मुनिका बाल बालिका को मृत्यु दरमा उल्लेखनीय कमी


काठमाडौँ – नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले मुलुकमा मातृ तथा बाल स्वास्थ्यमा सुधार भएको देखाएको छ ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिकरण कार्यक्रममा नेपालमा ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर मा उल्लेखनीय कमी भएको देखिएको छ ।

सन् १९९६ मा ५ वर्षमुनिका बालबालिकाको प्रति एक हजार जना जीवित जन्ममा १ सय १८ जनाको मृत्यु हुने गरेको मा मृत्युदर तुलनात्मक रूपमा घटेर हालप्रति एक हजार जीवित जन्ममा ३३ हुन आएको छ ।

नेपालमा नवजात मृत्यु दर पछिल्लो दशकमा प्रति एक हजार जीवित जन्ममा २१ मा स्थिर रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालका हाल महिलाहरुले औसतमा करिब दुई सन्तान जन्माउँछन् । गत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ ।

सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको प्रतिवेदनले देखाएको छ ।

सर्वेक्षण मा उल्लेख भए अनुसार सर्वेक्षण अघिको दुई वर्ष भित्रको समयमा जीवित जन्मेकाहरु मध्ये ७९ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मेका छन् । स्मरण रहोस सन् १९९६ मा ८ प्रतिशत बच्चाहरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए ।

त्यस्तै ७० प्रतिशत महिलाहरुले सुत्केरी भएको दुई दिनभित्र सुत्केरी जाँच गराउने समेत सर्वेक्षणले देखाएको छ ।

बालबालिकाहरुमा आधारभूत खोपको कभरेज समेत सर्वेक्षण ले बढेको देखाएको छ ।

सन् १९९६ यता १२–२३ महिनाका बालबालिकामा आधारभूत खोपको कभरेज बढेको छ । उक्त समयमा ४३ प्रतिशतले आधारभूत खोप पाउने गरेका थिए । सन् २०२२ मा खोपको कभरेज ८० प्रतिशत भएको छ ।

हाल मुलुक मा पुड्कोपन को समस्या घटेको छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अनुसार सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशत मा झरेको छ ।

 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!