ग्रीन टी को धेरै बढी प्रयोगले कलेजो विगार्नु लगायत का दुष्प्रभाव


स्वास्थ्य को लागि राम्रो हुने सोच मा के तपाईं धेरै बढी ग्रीन टी सेवन गर्नु हुन्छ ? यसो भए समय मै चेतनुस । एक नयाँ अध्ययन अनुसार ग्रीन टी को साइड इफेक्ट मध्ये एक कलेजो क्षति समेत हो।

जर्नल अफ डाइटरी सप्लिमेन्ट्स मा प्रकाशित अनुसन्धानका अनुसार ग्रीन टी को सेवनले मोटोपना, क्यान्सर, मुटुरोग र टाइप २ मधुमेह बाट केही सुरक्षा प्रदान गर्न सक्छ, तर यसको धेरै सेवन गर्नु कलेजो को लागि राम्रो होइन।

कलेजो को विषाक्तताको जोखिम उच्च स्तरको हरियो चिया सँग मात्र जोडिएको छ।

ग्रीन टी को अन्य साइड इफेक्ट
ग्रीन टी बढी पिउनाले वा खाली पेटमा पिउनाले पेट पोल्न सकछ । ग्रिन टिमा टैनिन हुन्छ जसले पेटमा एसिड् को मात्रा बढाउन सक्छ । यसले गर्दा अतिरिक्त एसिड्को कारण कब्जियत, एसिड् रिफ्लेक्स, वाकवाकी गराउन सक्छ ।

ग्रीन टी मा पाइने क्याफिन निन्द्रा मा असर पार्छ । यसमा धेरै थोरै मात्रामा क्याफिन भए पनि क्याफिन प्रति संवेदनशील व्यक्तिहरू लाई निद्रामा समस्या हुन सक्छ।

ग्रीन टी मा एन्टि अक्सिडेन्ट हुन्छ, जसले मानव शरीरमा आइरन ( फलाम ) अवशोषण मा बाधा पुर्‍याउँछ। एक विश्लेषणले देखाएको छ कि यो साइडइ इफेक्ट विशेष गरी रक्त अल्पता वा अन्य रोगबाट पीडित व्यक्तिहरूको लागि खतरनाक हुन सक्छ जसमा फलामको कमी हुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!