जाडोमा अण्डा खादा स्वास्थ्य रहन्छ ठिक, ‘भिटामिन–डी’ सहित यी ५ फाइदा


हामीले दिनहुँ उपयोग गर्ने र सहजै सबै ठाममा पाइने अण्डा ’सुपरफूड’ को रूपमा वर्गीकृत केही खानाहरू मध्ये एक हो ।

अण्डामा भिटामिन सहित धेरै पोषक तत्त्वहरू प्रशस्त मात्रामा हुन्छन्, जसका कारण जाडो याममा ‘भिटामिन डी’ को कमी पूरा गर्ने जस्ता फायदा हरूको लागि विज्ञहरूले यसलाई खाने सल्लाह दिन्छन् ।

चिसो मौसममा स्वस्थ रहनका लागि शरीर भित्रबाट न्यानो हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता समेत बलियो हुनु जरुरी छ । अण्डाले यी दुवै कुरा सुनिश्चित गर्न काम गर्छ। यसमा धेरै प्रकारका भिटामिन, मिनरल्स र पोषक तत्व पाइन्छ, जसका कारण यसलाई सुपरफुड समेत भनिन्छ ।

धेरै स्वास्थ्य लाभहरूको बावजुद, शाकाहारी र वीगन आहार लिने मानिसहरू अण्डा खादैनन्। तर यदि तपाईंले यसको सेवन गर्नहुन्छ भने यसले जाडोमा तपाईंको लागि औषधीको रूपमा काम गर्न सक्छ।

अण्डामा पाइन्छ ‘भिटामिन डी’
डीकन विश्वविद्यालयको इन्स्टिच्युट फर फिजिकल एक्टिभिटी एण्ड न्युट्रिसन (आइपीएएन) का अनुसन्धानकर्ताहरूले के पाए भने चिसो मौसममा दिनहु एउटा अण्डा खानाले शरीरमा हुने भिटामिन–डी को कमीलाई पूर्ति गर्न सघाउ पुग्छ ।

एउटा अण्डामा ८.२ एमसीजी (माइक्रोग्राम) भिटामिन–डी हुन्छ । जो दिनहुँ १० एमसीजीको प्रस्तावित भिटामिन–डिको मात्राको ८२ प्रतिशत हुन्छ ।

अण्डामा प्रशस्त प्रोटिन हुन्छ
धेरैजसो मानिसहरूलाई थाहा छ कि अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ, र एउटा मध्यम आकारको अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन सक्छ।

प्रोटिन शरीरले एन्टिबडी बनाउन प्रयोग गर्छ जुन शरीरलाई संक्रमणबाट बचाउन आवश्यक हुन्छ। यसका साथै अण्डा खाँदा मांसपेशीको कमजोरी पनि हट्छ । यस्तो अवस्थामा चिसो दिनमा अण्डाको सेवन गर्नु फाइदाजनक हुन सक्छ ।

अण्डाले खराब कोलेस्ट्रोलमा कमी ल्याउन सक्छ
अण्डा खानाले एचडीएल कोलेस्ट्रोलको स्तर बढाउन सहयोग पुग्छ । यसले गर्दा रगतमा नराम्रो एलडीएल कोलेस्ट्रोलको मात्रा स्वतः कम हुन थाल्छ र हर्ट एटैक सहित मुटुसम्बन्धी घातक रोगको जोखिम पनि कम हुन्छ ।

अण्डाले जिङ्कको कमीलाई हटाउँछ
अण्डामा जिंक पाइन्छ । जिंक नामक खनिजले रुघाखोकी वा फ्लु जस्ता सामान्य चिसोलाग्नु बाट बच्न मद्दत गर्छ । यी अवस्थाहरूको उपचार गर्न प्रयोग गरिने धेरै औषधिहरू यसै कारण जिंक ले फोर्टिफाइड हुन्छ ।

अण्डा खादा भिटामिन बी–६, बी–१२ को स्तर कायम रहन्छ
अण्डा भिटामिन बी–६, बी–१२ को राम्रो स्रोत हो । दुवैले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन भूमिका खेल्छन्। जसले गर्दा जाडोमा शरीरलाई हानिकारक ब्याक्टेरिया र भाइरससँग लड्न सघाउ पुग्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!