नेपालमा देखिने सबै खाले मध्ये ३प्रतिशत क्यान्सर हाड जोर्नी, तन्तु,नशा र मांसपेशी को

सार्कोमा क्यान्सरहरूको एउटा व्यापक समूहको लागि सामान्य रूपमा उपयोग गरिने शब्द हो । शरीरको अन्य संरचना जोडने हाड, कुरकुरे हाड, तन्तु मा शुरु हुने यो क्यान्सर को लक्षण सामान्यतया छालामा भएको दुख्ने वा नदुख्ने एउटा गाँठो, हाड दुखाइ, विना कुनै चोट पटक हाड भाच्चिनु, पेटमा दुखाइ, तौल घट्नु लगायतका छन् । हाल सम्म सार्कोमा को वास्तविक कारण स्पष्ट छैन । 


काठमाडौं– नेपालमा हुने सबै खाले क्यान्सर मध्ये झन्डै तिन प्रतिशत जति हाड जोर्नी, कुरकुरे हाड, नशा तथा मांसपेशीको क्यान्सर (सार्कोमा)  हुने गर्छ । यस्तो क्यान्सर लाइ समयमै उपचार गरे हात खुट्टा काटिनु वाट जोगिनु को साथै बिरामीको ज्यान समेत बच्छ ।

समयमै गरिएको उपयुक्त उपचारले यस्ता क्यान्सर भएकाहरु सामान्य व्यक्ति जस्तै जीवन यापन गर्न सक्छन् । हाल सम्म विश्वमा १ सय ७० विभिन्न प्रकारको सार्कोमा वारे जानकारी उपलब्ध छ । 

मस्कुलोस्केलेटल अंकोलजी सोसाइटी अफ नेपाल द्वारा राजधानीमा आयोजित हाड जोर्नी, कुरकुरे हाड, नशा तथा मांसपेशीको क्यान्सर अर्थात् ‘सार्कोमा’ रोगको विषयमा राजधानीमा आयोजित दुई दिने सम्मेलनमा विज्ञहरूले उक्त कुरा बताएका हुन ।

विज्ञहरूको अनुसार सार्कोमा क्यान्सरहरूको एउटा व्यापक समूहको लागि सामान्य रूपमा उपयोग गरिने शब्द हो । शरीरको अन्य संरचना जोडने हाड, कुरकुरे हाड, तन्तु मा शुरु हुने यो क्यान्सर को लक्षण सामान्यतया छालामा भएको दुख्ने वा नदुख्ने एउटा गाँठो, हाड दुखाइ, विना कुनै चोट पटक हाड भाच्चिनु, पेटमा दुखाइ, तौल घट्नु लगायतका छन् । हाल सम्म सार्कोमा को वास्तविक कारण स्पष्ट नभएको बताए । 

सम्मेलनमा नेपाल तथा भारतका हाड जोर्नी र नशा तथा मांसपेशी क्यान्सर रोगको विभिन्न विधाका दुई सय भन्दा बढी विशेषज्ञ चिकित्सकको सहभागिता रहेको आयोजक समितिले जनाएका छ ।

मुलुकको विभिन्न अस्पतालका नशा तथा मांसपेशी रोग विशेषज्ञ, सार्कोमा शल्यचिकित्सक, अंकोलजिष्ट,  प्याथोलजिष्ट, तथा रेडियोलजिष्ट विशेषज्ञहरू समेत सम्मेलनमा सहभागी भएका थिए । 

सम्मेलनमा सहभागी विशेषज्ञहरूको अनुसार नेपालमा हुने सबै प्रकारको क्यान्सर मध्ये ३ प्रतिशत जति हाड–जोर्नी नशा तथा मांसपेशीको हुने गर्छ । समय मै यस्तो खाले क्यान्सरको उपचार गरे हात, खुट्टा काटिनु वाट जोगिनु को साथै बिरामीको ज्यान समेत जोगाउन सकिन्छ ।

मस्कुलोस्केलेटल अंकोलजी सोसाइटी बीर अस्पताल, ट्रमा सेन्टरका डा.जनिथ लाल सिंहको अगुवाइमा हालै गठन भएको सार्कोमा विशेषज्ञहरूको संस्था हो ।

नेपालमा समय अनुकूल राष्ट्रिय नीति र जनशक्तिको अभावले सार्कोमा उपचारको पाटो उपेक्षित रहेको डा.सिंहले दुखेसो पोखे ।

क्यान्सर सम्बन्धी नेपाल आम नेपालीको पहुँचमा ल्याउन र सो सँग सम्बन्धित आवश्यक पूर्वाधार र जनशक्ति विकासको लागि पहल गर्न सोसाइटीको गठन भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!