मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपणको नारा सहित दोश्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन

‘यो सम्मेलन प्रत्यारोपण सँग सम्बन्धित विज्ञ लगायतका सबैको लागि महाकुम्भ जस्तै हो’, राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं सम्मेलन आयोजक समितिका अध्यक्ष डा.पुकार चन्द्र श्रेष्ठले भने–‘मुलुकमा पछिल्लो समय गति लिदै गएको अंग प्रत्यारोपण प्रकृया र सेवा लाई यस्ता सम्मेलनले थप गति प्रदान गर्छ भने अत्याधुनिक विकासक्रम, ज्ञान, आपसी अनुभव सँग सबैलाई जोडिने मौका दिन्छ ।’  


काठमाडौं– राजधानीमा शनिवार देखी ‘विकासोन्मुख मुलकको लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण’, भन्ने नारा सहित दुई दिने दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन शुरु हुने भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा हुन लागेको उत्त सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, स्लोभानिया , नेपाल लगायतका मुलुकका ख्याति प्राप्त प्रत्यारोपण विज्ञको सहभागिता रहने छ ।

‘यो सम्मेलन प्रत्यारोपण सँग सम्बन्धित विज्ञ लगायतका सबैको लागि महाकुम्भ जस्तै हो’, राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं सम्मेलन आयोजक समितिका अध्यक्ष डा.पुकार चन्द्र श्रेष्ठले भने–‘मुलुकमा पछिल्लो समय गति लिदै गएको अंग प्रत्यारोपण प्रकृया र सेवा लाई यस्ता सम्मेलनले थप गति प्रदान गर्छ भने अत्याधुनिक विकासक्रम, ज्ञान, आपसी अनुभव सँग सबैलाई जोडिने मौका दिन्छ ।’

सम्मेलनमा नेपालको तर्फबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरू प्रस्तुत हुने छ ।

यस्तै सम्मेलनमा जिल्ला अस्पताल सम्मका प्रमुख एवं नर्सिङ प्रमुखको सहभागिता सँगै व्यापक जनचेतना अभिवृद्धिको लागि नेपालका समाजसेवी, पत्रकार, कानून व्यवसायी लगायतका लाई समेत सहभागि गराइने छ । यसले अंग प्रत्यारोपण सम्बन्धी अनुभवको आदान प्रदानबाट प्रत्यारोपण कार्य विस्तार हुने विश्वास गरिएको छ ।

सम्मेलनमा विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धी समस्या र सोको समाधान तथा मृत्यु पश्चात अंग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सुचारू हुने विश्वास गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!