‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’


काठमाडौं -विज्ञले नेपाल जस्तो राष्ट्र हरु ले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताएका छन ।

दुबईको अस्पतालमा कार्यरत मनोचिकित्सक डा. इरा नइमले नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’, विषय को प्रस्तुतीमा उक्त कुरा बताएकी हुन ।

उनले मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाई हुनुपर्नेमा समेत जोड दिइन् ।

व्यक्तिको समग्र स्वास्थ्यका लागि शारीरिक तथा मानसिक दुवै अवस्था सही हुनुपर्ने उल्लेख गर्दै नइमले भनिन – ‘यो समस्यालाई मनोवैज्ञानिक रूपमा नहेरिने कारणले व्यक्ति मानसिक समस्यामा फस्दै जाने क्रम बढेर गएको छ ।’

उनले शारीरिक समस्या जस्तै व्यक्ति विशेषको मानसिक समस्यालाई पनि ध्यानमा राख्नु आवश्यक रहेको बताइन ।

मानसिक समस्यालाई सामान्य रुपमा लिदा पछिल्लो समय यसले विकराल रुप लिइरहेकोमा उनलो चिन्ता समेत व्यक्त गरीन । जनस्तरमा मानसिक समस्या को विषयमा पर्याप्त सचेतना फैलाइनु आवश्यक रहेको डा. नइम ले बताइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!