खानामा छुट्टै बाहिर वाट नुन थप्नु खतरनाक, असमय मृत्युको जोखिम बढ्न सक्छ


लन्डन – बेलायतमा गरिएको एउटा अध्ययनको दाबी अनुसार खानामा निरन्तर रुपमा बढी नुन मिसाउने हरूमा असमय मृत्यु हुने जोखिम २८ प्रतिशत बढ्न सक्छ । झण्डै ५ लाख मानिसहरूमा गरिएको उक्त अध्ययन प्रतिवेदन युरोपियन हर्ट जर्नलको नयाँ अङ्क मा प्रकाशित गरिएको छ । अध्ययन अनुसार सामान्य जनसंख्या मा एक सय जना मध्ये ३ जना यसै कारणले असमय ज्यान गुमाउँछन् । 
यो अध्ययनमा सहभागीहरूलाई थुप्रै प्रश्न गरिएको थियो, जस्तै के उनीहरू खानामा अतिरिक्त नुन हाल्छन् ? सन २००६ देखी २०१० सम्म गरिएको यो अध्ययनमा के देखियो भने जो व्यक्ति खानामा अतिरिक्त नुन मिसाउँथे उनीहरूमा जीवन जिउने आश ( लाइफ एक्सपेक्टेन्सी) अन्य व्यक्ति भन्दा कम भयो ।  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!