अर्थमन्त्री खनाल : स्वास्थ्य सुधारका लागि पर्याप्त बजेट अपरिहार्य, अर्थले बिना कारण बजेट काट्नु हुन्न


काठमाडौँ –राजधानीमा बिहिबार देखि सुरु भएको स्वास्थ्य अर्थशास्त्र सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा स्वास्थ्य सुधारका लागि पर्याप्त बजेट अपरिहार्य रहेको बताएका छन्।

नेपाल स्वास्थ्य अर्थशास्त्र संघ लगायत संस्थाले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा अर्थमन्त्री खनालले स्वास्थ्य क्षेत्रको सुधारमा बजेट निर्णायक हुने बताए । उनले स्वास्थ्य बजेट घट्नु दुःखद रहेको उल्लेख गर्दै स्वास्थ्यमा गरिएको लगानी खर्च नभई दीर्घकालीन प्रतिफल दिने क्षेत्र भएको समेत स्पष्ट गरे। अर्थ मन्त्रालयले अनावश्यक रूपमा स्वास्थ्यको बजेट कटौती नगर्नुपर्ने उनले बताए।

नीतिको लागि स्वास्थ्य अर्थशास्त्र अर्थात ‘हेल्थ इकोनोमिक्स फर पलिसी’ मुख्य  विषय वस्तु रहेको सम्मेलनमा अर्थमन्त्री खनालले स्वास्थ्य बीमा कार्यक्रमका भुक्तानी सरकारले वहन गर्नुपर्ने धारणा राखे।  बाँकी आएको भुक्तानी छिटो टुंग्याउन आफू स्वास्थ्यमन्त्रीसँग अनुरोध गरेको समेत बताए ।

स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बीमा प्रणालीलाई सबल बनाउँदै स्वास्थ्य अर्थशास्त्रलाई मजबुत बनाउन सरकार प्राथमिकता साथ अघि बढिरहेको बताइन्।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले नसर्ने रोगको बढ्दो जोखिमबारे चेतावनी दिँदै मादक पदार्थ, सुर्तीजन्य पदार्थ र जंकफुडमा कर बढाएर नियन्त्रणमा सहयोग पुग्ने सुझाव दिए।

दुई दिन चल्ने सम्मेलनमा स्वदेश तथा विदेशबाट करिब तीन सय सहभागी उपस्थित रहेको आयोजकले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!