अनुसन्धान

समय पूर्व जन्मिएका शिशुमा प्रोबायोटिकले एन्टिबायोटिकको प्रभाव बढाउन सक्छ


बेलायतको बर्मिङ्घम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले देखाएको छ कि कम तौलका समय पूर्व जन्मिएका शिशुलाई एन्टिबायोटिक सँगै प्रोबायोटिक दिँदा बहु औषधि प्रतिरोधी ब्याक्टेरियाको संख्या घट्ने मात्र होइन, आन्द्राको सूक्ष्मजीव (माइक्रोबायोम) प्रणालीमा पनि सुधार हुने गर्छ।

यो अनुसन्धान नेचर कम्युनिकेसन पत्रिकामा प्रकाशित भएको हो। अध्ययनमा १,५०० ग्राम भन्दा कम तौलका ३४ समय पूर्व जन्मिएका शिशु समावेश गरिएका थिए। जन्म पश्चात् पहिलो तीन साता भित्र उनीहरूको आन्द्रामा रहेका ब्याक्टेरियाको अनुक्रमण (सीक्वेन्सिङ) गरिएको थियो।

शोधकर्ताले पत्ता लगाए अनुसार, एन्टिबायोटिक सँगै बिफिडो ब्याक्टेरियम युक्त विशेष प्रकारको प्रोबायोटिक उपचार पाएका शिशुहरूको आन्द्रामा पाइने सामान्य ब्याक्टेरियाको स्तर पूर्ण अवधिका शिशुहरू सँग मिल्दो जुल्दो देखिएको थियो। यसले गर्दा आन्द्रामा एन्टिबायोटिक प्रतिरोधी जीन र बहुऔषधि प्रतिरोधी ब्याक्टेरियाको मात्रा उल्लेख्य रूपमा घटेको पाइएको छ। त्यसै गरी, एन्टेरोककस लगायतका अन्य औषधि प्रतिरोधी रोगाणुको स्तर पनि कम भएको अध्ययनमा उल्लेख छ।

बर्मिङ्घम विश्वविद्यालयकी प्रोफेसर लिन्डसे जे हल का अनुसार, ‘हामीले देखाएका छौं कि प्रोबायोटिक समय पूर्व जन्मिएका शिशुलाई गम्भीर संक्रमणबाट जोगाउन प्रभावकारी छ।’

अध्ययनले थप प्रष्ट्याएको छ कि प्रोबायोटिकले शिशुको आन्द्रामा लाभदायी ब्याक्टेरियाको स्तर बढाउनुका साथै हानिकारक प्रतिरोधी ब्याक्टेरियाको उपस्थितिलाई पनि कम गर्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!