‘नेपालमा २० प्रतिशत व्यक्तिको मृत्यु घुम्रपानले हुन्छ’


काठमाडौं – नेपालमा २० प्रतिसत मानिसको मृत्यु धुम्रपान को कारणले हुन्छ । मुलुकमा हरेक घन्टा ४ जना को घुम्रपानले मृत्यु हुन्छ । अर्थात वर्षेनी ३७ हजार ५ सय २९ जनाले घुम्रपान को कारण मृत्युवरण गर्छन ।

नेपाल चिकित्सक संघको मंगलबार देखी काठमाडौंमा सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा प्रधान मन्त्री शेरबहादुर देउवाले विमोचन गरेका नेपाल विकास अनुसन्धान प्रतिष्ठानद्धारा तयार पारिएको “हेल्थ इम्प्याक्ट अफ टोव्याको इन नेपाल” नामक अनुसन्धानात्मक प्रतिवेदन मा उक्त कुरा उल्लेख छ ।

विगत तिन दशकमा धुम्रपानका असर धेरै बढेको देखिन्छ । हाल नेपालमा धुम्रपान गर्ने मानिसको सँख्या ३२% रहेको प्रतिवेदन मा उल्लेख छ ।

हरेक ५ जनामा एक जनाको मृत्यु धुम्रपानका कारणले हुने गर्दछ ।  दक्षिण एशियामा धुम्रपानबाट सबैभन्दा बढी मृत्यु हुने देश नेपाल रहेको प्रतिवेदनको तथ्याङ्क ले देखाएको छ ।

मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको अवस्था छ । ३० वर्ष अगाडि नेपालमा सुर्तीजन्य पदार्थबाट मृत्युदर श्रीलंका भन्दा कम थियो तर हाल श्रीलंका भन्दा दोब्बर भएको छ ।

धुम्रपानबाट मृत्यु हुनेमा विश्वका २ सय ४ देश मध्ये १९ औं स्थानमा र मृत्यु अनुपातको हिसावले नेपाल संसारमा नै उच्च रहेको छ ।

नेपालमा जम्मा मृत्युको दोस्रो प्रमुख कारण धुम्रपान भएको छ, तिन दशक अघि ध्रुमपान चौथो कारक तत्व थियो । विगत ३० वर्षमा धुम्रपानबाट मृत्यु हुनेको सँख्या ६० प्रतिशतले वृद्धि भएको अनुसन्धानात्मक प्रतिवेदन मा उल्लेख छ ।

यस्तै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपालमा स्वास्थ्य र स्वास्थ्य प्रणालीमा सुर्तीजन्य पदार्थको प्रभाव विषयक विचार विमर्श पुर्व विज्ञान प्रविधि र वातावरण मन्त्री गणेश साह को अध्यक्षतामा सम्पन्न भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!