१५ शैय्याको अस्पतालमा दन्त चिकित्सक किन छैन? चिकित्सक संघ


काठमाडौं – हालै नेपाल सरकारद्वारा पारित ‘आधारभूत अस्पताल संचालन मापदण्ड २०८१’ मा नगरपालिकामा स्थापना गरिने १५ शैय्याको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्ने निर्णय भए पनि सो निर्णय कार्यान्वयनमा नआएको प्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण गराएको छ।

चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावकारी बनाउन १५ शैय्या वा सो भन्दा बढी शैय्या युक्त अस्पतालहरूमा दन्त सेवा अनिवार्य रहेको स्पष्ट गरिएको छ।

संघले दन्त स्वास्थ्य सेवा पनि नागरिकको नैसर्गिक अधिकार अन्तर्गत पर्ने उल्लेख गर्दै प्रत्येक यस्तो अस्पतालमा कम्तीमा एक जना बिडीएस उत्तीर्ण दन्त चिकित्सक अनिवार्य रूपमा राख्न सरकारसँग माग गरेको छ।

यसै सन्दर्भमा नेपाल डेन्टल एसोसिएसनले सो निर्णयको कार्यान्वयन सुनिश्चित गर्न थालेको चरणबद्ध आन्दोलनलाई नेपाल चिकित्सक संघले पूर्ण समर्थन जनाउँदै ऐक्यबद्धता समेत प्रकट गरेको छ।

चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा गरिने कुनै पनि नीतिगत निर्णयमा व्यवहारिक कार्यान्वयन सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!