‘मदिराबाट बिग्रिएको कलेजो सुधार्न औषधि सँगै घरको दाल-भात पनि उत्तिकै प्रभावकारी!’


नयाँ दिल्ली (ब्युरो) – यदि मदिरा सेवनले तपाईंको कलेजो बिग्रिएको छ भने, अस्पताल को औषधि सँगै घरमै बनेको दाल-भातले पनि कलेजो सुधारमा ठूलो मद्दत पुर्याउन सक्छ। यो तथ्य पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआईएमइआर) चण्डीगढ़को हेपाटोलोजी विभागले हालै गरेको अनुसन्धान बाट खुलेको हो।

स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पीजीआईएमइआर) भारतको चण्डीगढमा अवस्थित एक सार्वजनिक चिकित्सा विश्वविद्यालय हो ।

पीजीआई को हेपाटोलोजी विभाग र आहार विज्ञान विभागका विज्ञहरूको संयुक्त अनुसन्धानमा एल्कोहोलिक लिभर डिजिज (एएलडी) का बिरामीलाई औषधि सँगै प्रोटिनले भरिएको घरको परिकार खुवाइयो। नतिजा अचम्मको रह्यो – पोषिलो भोजनले बिरामीको कलेजो सुधार गति बढाउने मात्र होइन, उपचारको क्रममा मृत्यु दर समेत ३० प्रतिशतले घटेको पाइयो ।

यो अध्ययनलाई मेडिकल जर्नल ‘जर्नल अफ क्लिनिकल ग्यास्ट्रोएन्ट्रोलोजी एन्ड हेपाटोलोजी’ मा प्रकाशित गरिएको छ ।

अनुसन्धानका मुख्य अन्वेषक डा. सुनील तनेजाले जनाए अनुसार, सामान्यतया कलेजोका बिरामीले धेरै खाने हुँदैन भन्ने मान्यता छ । तर, यो गलत बुझाइ हो । यदि बिरामीलाई सही मात्रामा प्रोटिन युक्त र पोषिलो आहार दिइयो भने औषधिको प्रभाव अझ प्रभावकारी देखिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!