अनुसन्धान

नयाँ प्रकारको मस्तिष्क कोषिका पत्ता लाग्यो, जसले वस्तुहरू सम्झन सक्ने क्षमता दिन्छ


अनुसन्धानकर्ताहरूले नयाँ प्रकारको न्युरोन (मस्तिष्क कोषिका) पत्ता लगाएका छन्, जसले पहिचान, स्मरण मा महत्वपूर्ण भूमिका खेल्छ। यसको अर्थ यो हो कि मस्तिष्क कसरी नयाँ र पहिले देखि चिन्न सकिने वस्तुहरूलाई छुट्याउँछ र दीर्घकालीन स्मृति बनाउँछ ।

यी न्युरोनलाई ‘ओभोइड कोषिका’ (Ovoid Cells) नाम दिइएको छ। यी कोषिकाहरू मुसा, मनुष्य र अन्य स्तनधारीहरू को हिप्पोक्याम्पस मा पाइन्छन्।

नयाँ न्युरोनको खोजले स्मृतिहरू कसरी बन्छन् भन्ने बुझ्न मद्दत गर्छ साथै अल्जाइमर रोग, अटिज्म स्पेक्ट्रम डिसअर्डर र छारे रोग जस्ता मस्तिष्क सम्बन्धी समस्याहरूको उपचारका लागि महत्त्वपूर्ण जानकारी प्रदान गर्छ।

नयाँ खोज: ओभोइड कोषिका

यो अध्ययन नेचर कम्युनीकेसन्स मा प्रकाशित भएको हो । अध्ययन अन्तर्गत अनुसन्धानकर्ताहरूले नयाँ प्रकारको मस्तिष्क कोषिका पत्ता लगाएका छन्, जसले वस्तुहरू सम्झन र चिन्न मद्दत गर्छ।

‘ओभोइड कोषिका’ भनिने यी विशेष न्युरोनहरू हरेक पटक हामी कुनै नयाँ वस्तुसँग सम्पर्कमा आउँदा सक्रिय हुन्छन्। तिनले ती वस्तुहरूलाई स्मृतिमा भण्डारण गर्ने प्रक्रिया सुरु गराउँछन्, जसले गर्दा महिनौँ वा सम्भवत: वर्षौँ सम्म ती वस्तुहरूलाई हामी चिन्न सक्छौँ।

‘वस्तु पहिचान स्मरण हाम्रो पहिचानको केन्द्र बिन्दु हो र हाम्रो वरपरको संसार सँग अन्तर्क्रिया गर्न मद्दत गर्छ, ‘ डा. मार्क सेम्ब्रोस्की, अध्ययनका वरिष्ठलेखक भन्छन् ।

‘एउटा वस्तु पहिले देखि चिनेको हो वा नयाँ हो भनेर थाहा पाउनु जीवन रक्षा देखि लिएर हाम्रा दिनहुँको कार्यहरूमा प्रभाव पार्न सक्छ, साथै यसले स्मृति सम्बन्धी रोग र विकारहरूमा ठूलो असर पार्न सक्छ।’

ओभोइड कोषिकाहरू तिनका अण्डाकार आकृतिका कारण नामाकरण गरिएको हो । यी कोषिकाहरू मानव, मुसा र अन्य जनावरहरूको हिप्पोक्याम्पसमा थोरै संख्यामा पाइन्छन्।

डा. सेम्ब्रोस्कीको प्रयोगशालामा पीएचडी छात्रा तथा अध्ययनकी प्रमुख लेखक एद्रिएन किनम्यानले मुसाको मस्तिष्क नमुना विश्लेषण गर्दा अत्यन्त विशेष जीन अभिव्यक्ति भएका न्युरोनहरूको सानो समूह देखेकी थिइन्।

‘थप विश्लेषण गर्दा हामीले पायौँ कि यी कोषिकाहरू अन्य न्युरोनहरू भन्दा कोशिका र कार्यात्मक तहमा पूर्ण रूपमा फरक छन्, साथै तिनको न्युरल सर्किट्री पनि विशिष्ट छ,’ उनले भनिन्।

हाल अनुसन्धानकर्ताहरू ओभोइड कोषिकाहरूको भूमिका विभिन्न मस्तिष्क विकारहरूमा के हुन्छ भनेर अध्ययन गरिरहेका छन । उनीहरूको अनुमान छ कि यदि यी कोषिकाहरू अत्यधिक सक्रिय भए वा कम सक्रिय भए, भने अल्जाइमर रोग र छारे रोग जस्ता समस्याहरूको लक्षण बढ्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!