त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा सुवाश आचार्य र डा सुरेश उप्रेती महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुख नियुक्त


काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा सुवाश आचार्य नियुक्त भएका छन्। त्रिवि सेवा आयोगले उनलाई छनोट समितिको सिफारिसका आधारमा नियुक्त गरेको हो। डा आचार्य यसअघि सोही अस्पतालमा क्रिटिकल केयर विभागका प्रमुखका रूपमा कार्यरत थिए।

यसै गरी, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा डा सुरेश उप्रेती नियुक्त भएका छन्। डा उप्रेती यसअघि सहायक क्याम्पस प्रमुखका रूपमा कार्यरत थिए। केही समयका लागि उनले निमित्त प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!