हजारौं रोगहरूको एक मात्र समाधान – नीमको पात


नीमका पातहरूमा रहेका अनगिन्ती औषधीय गुणहरूका कारण प्राचीन समय देखि नै यसको महत्त्व अमिट रहँदै आएको छ । आज पनि हाम्रो गाउँघरमा ठूला बुजुर्गहरू निमका हाँगाले दाँत माझ्दै गरेको देख्न सकिन्छ ।

नीमका पातहरू हाम्रो सम्पूर्ण शरीरलाई स्वस्थ राख्न अद्भुत लाभदायक छन्। नीम एउटा प्राकृतिक औषधि हो, जसले हाम्रो शरीरलाई रोग मुक्त र स्वस्थ राख्न ठूलो भूमिका खेल्छ। दैनिक जीवनमा यसको समुचित र उपयुक्त प्रयोग गरेमा स्वस्थ, सुन्दर र ऊर्जा वान् बन्न सकिन्छ ।

किन प्रयोग गर्ने नीम? 

हामी सबैले कहिले काही नीमका पात चपाउने सोच बनाएकै हुन्छौ, किनभने ठूला बुजुर्गहरू सधैँ नीमको फाइदा सुनाउँछन्। आयुर्वेदमा समेत नीमलाई अत्यन्त महत्वपूर्ण औषधीय वनस्पति मानिएको छ। यसले शरीरलाई निरोगी राख्न मद्दत गर्छ। नीमका पातहरूमा एन्टिब्याक्टेरियल, एन्टीफंगल, एन्टिभाइरल, र एन्टिअक्सिडेन्ट गुण पाइन्छन्।

नीमका पातहरूमा पाइने पोषक तत्त्वहरू 

  • भिटामिन ई – छालाको चमक बढाउँछ।
  • भिटामिन सी– शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।
  • क्याल्सियम, फस्फोरस, पोटासियम – हड्डी बलियो बनाउँछ।
  • लिमोनोइड्स – टोक्सिन हटाउन मद्दत गर्छ।

नीमको उपयोग र यसको फाइदाहरू

फंगल इन्फेक्सनको रामवाण औषधि 

नीममा रहेको एन्टी–फंगल र एन्टिब्याक्टेरियल गुणले शरीरको आक्रमणलाई हटाउन मद्दत गर्छ। नीमका पातहरूको पेस्ट बनाएर लगाउँदा तथा नीम पानीले नुहाउँदा फंगल इन्फेक्सनबाट राहत पाइन्छ।

अनुहारको पिम्पल्स हटाउन मद्दत 

यदि तपाई अनुहारमा आउने कील, पिपल्स वा अन्य समस्याबाट हैरान हुनुहुन्छ भने, नीमका पातहरू अवश्य प्रयोग गर्नुहोस् यसले अनुहारका दाग धब्बा हटाउने तथा एजिङलाई नियन्त्रण गर्ने क्षमता राख्छ।

स्वस्थ छाला र कपालका लागि उत्तम 

नीममा पाइने एन्टिब्याक्टेरियल, एन्टी–फंगल, एन्टी–इन्फ्लेमेटरी, र एन्टिअक्सिडेन्ट गुणहरूले छालालाई स्वस्थ राख्छन्। यसले चाया (ड्यान्ड्रफ) हटाउने, कपाल झर्न बाट जोगाउने तथा कपाललाई बलियो बनाउने काम गर्छ।

शरीरलाई डिटक्स गर्न मद्दत 

नीमका पातहरू शरीरमा भएका विषाक्त पदार्थ हटाउन महत्वपूर्ण भूमिका खेल्छन्। यसको नियमित सेवनले रगत सफा गर्छ र शरीरलाई रोग मुक्त बनाउँछ।

डायबिटिज नियन्त्रण गर्न प्रभावकारी 

निमका पातहरू प्याङ्क्रियाजलाइ सक्रिय गराएर इन्सुलिन उत्पादन बढाउँछ यसले शरीरलाई डिटक्सिफाइ (विषाक्त पदार्थ हटाउने) गर्छ र खराब कोलेस्ट्रोल बन्न दिँदैन।

घाउ छिटो निको पार्न मद्दत 

नीमका पातहरूमा रहेको एन्टीसेप्टिक गुण घाउहरूलाई छिटै निको पार्न सहयोग गर्छ।

कलेजालाई स्वस्थ राख्न मद्दत 

नीमको एन्टिअक्सिडेन्ट गुणले शरीरलाई डिटक्सिफाइ गर्छ, रगत सफा राख्छ, र लिभरलाई स्वस्थ राख्न सहयोग गर्छ।

नीमको अन्य औषधीय फाइदाहरू 

  • रक्तचाप नियन्त्रण – नीमको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ।
  • दाँत र मुख स्वास्थ्य – नीमका पात चपाउँदा दाँत मजबुत हुन्छन्, गिजामा हुने सङ्क्रमण हट्छ।
  • रोग प्रतिरोधात्मक क्षमता वृद्धि – नीममा पाइने प्राकृतिक एन्टिबायोटिक तत्वहरूले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ।
  • औँलो रोकथाम – नीमको तेल तथा धूवाँ प्रयोग गर्दा लाम खुट्टे टाढा भाग्छन्, जसले औँलो रोकथाममा सहयोग गर्छ।
  • पाचन प्रणाली सुधार – नीमको सेवनले पाचन तन्त्र बलियो बनाउँछ र पेट सम्बन्धी समस्याहरू कम गर्छ। (आयुर्वेदका विशेषज्ञ र आधुनिक चिकित्सा पद्घतीका विज्ञ वाट चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!